संगालोखबर


विराटनगर । आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक हजार नौ सय रुपैयाँले घटेको हो ।

आज सुन प्रतितोला एक लाख ७४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार सुन प्रतितोला तीन हजार नौ सय रुपैयाँले घटेर एक लाख ७६ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य पनि घटेको छ । आज प्रतितोला ८० रुपैयाँले घटेर चाँदी एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!