संगालोखबर
फाइल तस्बिर

विराटनगर । नेपाल शिक्षक महासङ्घले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । काठमाडौंकेन्द्रित आन्दोलनमा रहेको महासङ्घले सोमबारदेखि शैक्षिक हड्ताल गर्ने जनाएको हो ।

महासङ्घले आज विज्ञप्ति जारी गर्दै आन्दोलनलाई अझ सशक्त बनाउन चैत्र २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरिएको जनाएको छ । महासंघले माघ २० गतेदेखि आन्दोलन गरिरहेको र चैत २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलन भइरहेको जनाएको छ ।

Advertisement

‘गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने सवालमा यो अन्तिम र निर्णायक आन्दोलन हो’, विज्ञप्तिमा भनिएको छ, ‘यो आन्दोलनलाई अझ सशक्त बनाउन चैत्र २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरिएको छ ।’

देशभरका सबै विद्यालय बन्द गरी काठमाडौंको शैक्षिक सडक आन्दोलनमा सहभागी हुन महासङ्घले शिक्षकहरूलाई आग्रह गरेको छ ।

महासङ्घले यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन आग्रह गरेको छ ।

यस्तै आन्दोलनप्रति ऐक्यबद्धता जनाउन विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समितिलगायत सबै शैक्षिक सरोकार पक्षसँग महासङ्घले आग्रह गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!