विराटनगर । आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला सात सय रुपैयाँले घटेको हो ।
आज सुन प्रतितोला एक लाख ७३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । आइतबार सुन प्रतितोला एक लाख ७४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य बढेको छ । आज प्रतितोला ३० रुपैयाँले बढेर चाँदी एक हजार नौ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार आठ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।