संगालोखबर


धनकुटा । धनकुटामा आदिवासी जनजातिको क्षेत्रमा काम गर्ने पाँच जना सम्मानित भएका छन् । धनकुटा नगरपालिकाका १२ एकल जातिहरूको सांस्कृतिक पहिचान सम्बन्धी सचेतना एवं अन्तरक्रिया कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।

यसरी सम्मानित हुनेमा गेहेन्द्र किमदाहाङ, दुर्गा लिंखा, पासाङ शेर्पा, श्रीकृष्ण प्रधान र स्व. कुलबहादुर तितुङ रहेका छन् ।

Advertisement

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ र नेपाल आदिवासी जनजाति महासङ्घ धनकुटाका अध्यक्ष दालमु शेर्पाले दोसल्ला र सम्मान पत्रले सम्मान गरेका थिए ।

धनकुटा नगरपालिकाको सहयोग तथा नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद् धनकुटाको आयोजनामा कार्यक्रम भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!