
धनकुटा । धनकुटामा गोरु काटेको आरोपमा एक जना पक्राउ परेका छन् । आज बिहान धनकुटा नगरपालिका-१ निगाले तामाङ टोलका ४३ वर्षीय राजेन्द्र तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
तामाङले आफ्नै घरमा गोरु काटेर मासु बेच्दै गरेको सूचना प्रहरी पाएको थियो । सोही आधारमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार उनको घरमा टुक्रा पारिएको आलो मासु र खुकुरी, अचानो लगायतका सामग्री फेला परेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गर्ने काम भइरहेको धनकुटा प्रहरीका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।