विराटनगरको ‘नमुना सडक’ : धुलो र हिलोले स्थानीय आजित

विराटनगरको ‘नमुना सडक’ : धुलो र हिलोले स्थानीय आजित

विराटनगर । विराटनगर–४ र ५ स्थित गणेश चोकदेखि केसलिया खोलासम्मको हुलाकी सडकखण्ड बेला–बेलामा चर्चामा आउने गर्छ । सडक निर्माण कार्य सुस्त हुँदा स्थानीयले चाँडो काम सक्न दबाब दिँदै नेता बहिष्कार अभियानदेखि सवारीसाधन आवागमन ठप्प पार्दै आएका छन् । दशक अवधिमा पनि करिब ३ किलोमिटर सडकले पूर्णता पाउन सकेको छैन । जसका कारण सो क्षेत्रका बासिन्दा, व्यवसायीलगायत अनेक खाले सास्ती खेप्न बाध्य छन् । पछिल्लो सम...
नक्कली सुन देखाउँदै ठग्ने उर्लाबारीका युवक झापामा पक्राउ

नक्कली सुन देखाउँदै ठग्ने उर्लाबारीका युवक झापामा पक्राउ

झापा । सुनजस्तो देखिने पहेँलो धातु देखाएर सर्वसाधारणलाई ठग्ने काममा सक्रिय एकजनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक नगरपालिका–६ स्थित पशुहाटबाट ३० वर्षीय सञ्जीव शर्मालाई पक्राउ गरिएको हो । दमकका विभिन्न स्थानमा लाग्ने हाट बजारहरुमा गइ जेष्ठ नागरिक र महिलाहरुलाई पहेँलो धातु देखाएर ठग्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । त्यस क्रममा म...
मोरङको रंगेलीमा आगलागीले लाखौंको क्षति

मोरङको रंगेलीमा आगलागीले लाखौंको क्षति

विराटनगर । मोरङको पुरानो सदरमुकाम रंगेलीमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । रंगेली नगरपालिका–३ मा रहेको फर्निचर पसल र ग्यारेजमा आज बिहान आगलागी भएको हो । स्थानीय सृष्टि फर्निचर र अनिषा ग्रिल सटर उद्योगमा भएको आगलागीमा परी करिब ८० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । आगोले फर्निचर पसलका कुर्सी, सोफा तथा फर्निचर बनाउने औजारहरु जलेर नष्ट भएको छ । ग्यारेजमा आगलागी हुँदा विभि...
विराटनगरको एनबीएससी सेमिफाइनलमा

विराटनगरको एनबीएससी सेमिफाइनलमा

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको एनबीएससी क्रिकेट क्लब सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आज भएको क्वाटरफाइनल खेलमा जोगबनीको प्रशान्त क्रिकेट क्लबलाई १३४ रनले हराउँदै विराटनगर सेमिफाइनलमा पुगेको हो । विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाई २०२ रन बनाएको हो । विराटनगरका अनुभव श्रीवास्तव र राहुल चौधरीले अर्धशतक पूरा गरे । अनुभवले ४१...
लायन्स क्लवद्वारा अनाथ आश्रमलाई दुई करोड ९१ लाख सहयोग

लायन्स क्लवद्वारा अनाथ आश्रमलाई दुई करोड ९१ लाख सहयोग

विराटनगर । लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट '३२५ सी' ले मानवसेवा आश्रम र मायाघर आश्रमलाई सहयोग गरेको छ । कोशी प्रदेशमा सामाजिक सेवामा सक्रिय रहेका दुईवटा संस्थामा पूर्वाधार संरचना निर्माणमा लायन्सले सहयोग रकम जुटाएको हो । सहयोग रकमबाट विराटनगरको मानव सेवा आश्रममा सुविधासम्पन्न भान्सा घर र मायाघर आश्रम इटहरीमा आवास भवन निर्माण हुने लायन्स क्लव डिस्ट्रिक्ट ३२५ सीका डिस्ट्रिक्ट गर्भनर लायन विजयह...
मोरङ, सुनसरी र झापामा व्यावहारिक कानुनी शिक्षा कार्यक्रम

मोरङ, सुनसरी र झापामा व्यावहारिक कानुनी शिक्षा कार्यक्रम

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले कोशी प्रदेशका १२ वटा स्थानीय तहमा ‘कानूनको व्यावहारिक शिक्षा’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । न्यायमा पहुँच अभिवृद्धि कार्यक्रमअन्तर्गत विश्वविद्यालयले झापा, मोरङ र सुनसरीका १२ वटा स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने भएको हो । मोरङका ६, झापाका ५ र सुनसरीको एउटा स्थानीय तहमा यो कार्यक्रम सञ्चालन हुनेछ । स्नातक तहका विद्यार्थीले छनौट भएका स्थानीय तहमा गएर ल...
डेढ दशकसम्म विराटनगरको पशु वधशाला अधुरै

डेढ दशकसम्म विराटनगरको पशु वधशाला अधुरै

विराटनगर । विराटनगर महानगरपालिकाले केही दिनअघि माछामासु पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा कुहिएको मासु भेटियो । उक्त मासु अनुगमनको टोलीले जफत गरी नष्ट गर्यो । यो एउटा प्रतिनिधि घटनामात्र हो । नियमित र प्रभावकारी अनुगमन नहुँदा महानगरबासीले स्वस्थकर माछामासु बिरलै मात्र खान पाउँछन् भन्ने यो घटनाले पुष्टि गर्छ । महानगरमा मापदण्डविपरीत सञ्चालित धेरै माछामासु पसल छन् । मापदण्ड पूरा गरेर सञ्च...
पटना र कटिहार क्वाटरफाइलनमा

पटना र कटिहार क्वाटरफाइलनमा

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा दोस्रो खेलमा भारत कटिहारको टिमले सिरहा क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्यो । सिरहाले दिएको १७८ रनको लक्ष्य कटिहारले १४.३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो । कटिहारको जितको लागि अंकित सिंहले बिस्फोटक ब्याटिङ गरे । उनले ४३ बलमा अर्धशतक कटाउँदै अविजित ८० रन बनाए । उनले ४ छक्का र १० चौका हिर्काए । उनी खे...
मोरङमा प्रहरीको गोलीले लागूऔषध कारोबारी घाइते

मोरङमा प्रहरीको गोलीले लागूऔषध कारोबारी घाइते

विराटनगर । मोरङको रतुवामाइ नगरपालिका–६ मा प्रहरीले लागूऔषध कारोबारमा संलग्नलाई पक्राउ गर्ने क्रममा गोली चलाएको छ । त्यस क्रममा प्रहरीले लागूऔषध कारोबारी भारतीय नागरिक भागीरथ हरिजनलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौंबाट खटिएको प्रहरी नायव निरीक्षक बालकृष्ण सञ्जेल नेतृत्वको टोलीले हरिजनलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो । उनको साथबाट १३८ ग्राम खैरो हेरोइन बरामद भएको जनाइ...
मिल्स क्रिकेटः पटनासँग १२ रनले नेपाल पुलिस पराजित

मिल्स क्रिकेटः पटनासँग १२ रनले नेपाल पुलिस पराजित

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा भारत विहारस्थित पटनाको हाइ पफमेन्स क्रिकेट क्लब अन्तिम आठमा पुगेको छ । विराटनगर जुटमिलको खेल मैदानमा आज मंगलबार भएको पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्बलाई १२ रनले हराउँदै पटना अन्तिम आठमा पुगेको हो । टस जितेर ब्याटिङ रोजेको पटनाले १५.५ ओभरमा सबै बिकेट गुगाउँदै १०३ रन बनाएको हो । पटनाका सचिन कुमार सिंहले १९ बलमा २६ रन बनाए । उ...
मोरङका छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा २ जनाको मृत्यु

मोरङका छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा २ जनाको मृत्यु

विराटनगर । मोरङका छुट्टाछुट्टै स्थानमा आज भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । पथरीशनिश्चरे र केराबारीमा भएका दुर्घटनामा ६ जना घाइते भएको प्रहरीले जनाएको छ । केराबारी गाउँपालिका–५ मा बा ११ च २९२८ नम्बरको पिकअप भ्यानले प्रदेश १–०२–००२ ह ९२४४ नम्बरको टेम्पोलाई ठक्कर दिँदा अटो चालक ४५ वर्षीय मेखबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते हुन...
मोरङको बुढीगंगामा आगलागी, कृषि फार्ममा क्षति

मोरङको बुढीगंगामा आगलागी, कृषि फार्ममा क्षति

विराटनगर । मोरङको बुढीगंगास्थित कृषि फार्ममा गएराति आगलागी भएको छ । आगलागीका कारण फार्मको विभिन्न सामग्री जलेर नष्ट हुँदा ६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बुढीगंगा गाउँपालिका–६ सखुवाटोकीस्थित स्थानीय सञ्जय चौधरीको किवान्स कृषि फार्ममा आगलागी भएको हो । आगलागीमा परी कृषि फार्ममा रहेका अन्न, भाँडा, कपडा, मोटरसाइकल र केही नगदसमेत जलेको प्रहरीले जनाएको छ । बिजुली सर्ट भइ आ...
मोरङको पथरी शनिश्चरेका युवकको काठमाडौंमा हत्या

मोरङको पथरी शनिश्चरेका युवकको काठमाडौंमा हत्या

विराटनगर । मोरङको पथरी शनिश्चरेका एक युवकको काठमाडौंमा हत्या भएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित कुमारी मार्गमा गएराति उनको हत्या भएको हो । पथरी शनिश्चरे नगरपालिका–९ घर भइ काठमाडौं महानगरपालिका–९ पिंगलास्थनमा डेरा गरी बस्ने २४ वर्षीय शम्भु धितालको चक्कु प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट उनको छाती र ढाडमा गहिरो चोट लागेको जनाइएको छ । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले च...
निःसन्तानपनाको सेवा र प्रविधिबारे सेवाग्राही अनभिज्ञ

निःसन्तानपनाको सेवा र प्रविधिबारे सेवाग्राही अनभिज्ञ

विराटनगर । ओरेक नेपाल विराटनगरले यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र निःसन्तानको सवाल विषयमा सञ्चारकर्मीसँग अन्तरक्रिया गरेको छ । आज पत्रकार महासंघ मोरङको सभाहलमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा ओरेकले नेपालमा बाँझोपनको समस्या बढ्दो रहेको तथ्याङक सार्वजनिक गरेको छ । नेपालमा बाँझोपनसम्बन्धी यकिन तथ्याङ्क नभएपनि समस्या बढ्दो रूपमा रहेको ओरेक नेपाल विराटनगर प्रमुख सरस्वती दनुवारल...
चिर्पट प्रहारले मोरङको सुकुना क्याम्पसका स्ववियु सभापति घाइते

चिर्पट प्रहारले मोरङको सुकुना क्याम्पसका स्ववियु सभापति घाइते

विराटनगर । मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसका स्ववियु सभापति सन्तोष लिम्बू चिर्पट प्रहारबाट घाइते भएका छन् । टाउकोमा चोट लागेका उनको विराटनगरस्थित न्युरो आर्या अस्पतालमा उपचार भइरहेको छ । क्याम्पसको गेटनजिकै उनीमाथि हिजो बेलुका चिर्पट प्रहार भएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार लिम्बूमाथि सोही क्याम्पसका अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स...
१२२ जना विद्यार्थीलाई उद्घोषण सीपबारे प्रशिक्षण

१२२ जना विद्यार्थीलाई उद्घोषण सीपबारे प्रशिक्षण

विराटनगर । मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसमा दुई दिने रेडियो उद्घोषणबारे प्रशिक्षण सम्पन्न भएको छ । उक्त क्याम्पसको नेपाली शिक्षण विभागको आयोजना तथा सुन्दरहरैँचा नगरपालिकाको संयोजनमा तालिम सम्पन्न भएको हो । क्याम्पसका विभिन्न कक्षामा अध्ययनरत १२२ जना विद्यार्थी प्रशिक्षणमा सहभागी थिए । रेडियोकर्मी, साहित्यकार तथा पाटन क्याम्पसका प्राध्यापक हेम भण्डारीले सहभागीहरुलाई प्रशिक्षण ल...
सुरू भयो विराटनगरमा ‘विराट वाङ्मय उत्सव’

सुरू भयो विराटनगरमा ‘विराट वाङ्मय उत्सव’

विराटनगर । आरोहण गुरुकुलको आयोजनामा विराटनगरमा दुई दिने विराट वाङ्मय उत्सव सुरु भएको छ । विराटनगर महानगरपालिकाको प्रवर्द्धनमा उत्सव सुरु भएको हो । उत्सवको आज विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गरे । विराटनगरसहित कोशी प्रदेशको भाषा, साहित्य, संस्कृति र कलालाई जोड्ने उद्देश्यका साथ उत्सव सुरु भएको आयोजक संस्थाका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए । उद्घाटन समारोहलाई सम्बोधन गर्...
मोरङको लेटाङस्थित सुधार केन्द्रबाट ७ जना फरार

मोरङको लेटाङस्थित सुधार केन्द्रबाट ७ जना फरार

विराटनगर । उत्तरी मोरङको लेटाङस्थित सुधार केन्द्रबाट आज बिहान ७ जना सम्पर्कविहीन बनेका छन् । लेटाङ नगरपालिका–९ जाँतेमा रहेको उज्यालो जीवन प्रतिष्ठान नेपाल सुधार केन्द्रबाट उनीहरु भागेको जनाइएको छ । उक्त संस्था दुर्व्यसनीहरुलाई राखेर बाली सुधार्ने अभियानका लागि सञ्चालित छ । केन्द्रबाट भाग्नेहरुमा लेटाङ–५ का पालदेन तामाङ, दिलसन तामाङ, लेटाङ–६ का अनिल गौतम, लेटाङ–८ का विशाल कार्की, मदन कार्की, मोर...
मोरङको जहदामा ठूलो परिमाणमा गाँजा बरामद

मोरङको जहदामा ठूलो परिमाणमा गाँजा बरामद

विराटनगर । मोरङको जहदा गाउँपालिका–३ हाथीबन्दा भन्ने स्थानमा प्रहरीले ठूलो परिमाण गाँजा बरामद गरेको छ । आज बिहान प्रहरीले उक्त स्थानमा २१८ किलो गाँजा बरामद गरेको हो । विशेष सूचनाका आधारमा खोजी गर्दै पुगेको प्रहरी टोलीले मकैबारीमा गहुँको भुसमा लुकाएर राखेको अवस्थामा गाँजा बरामद गरेको जनाइएको छ । १० वटा बोरामा हालेर राखिएको अवस्थामा गाँजा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर ...
मोरङको बाँसबारीमा भएको बस दुर्घटनामा १८ घाइते (नामावलीसहित)

मोरङको बाँसबारीमा भएको बस दुर्घटनामा १८ घाइते (नामावलीसहित)

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–३, बाँसबारीमा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका १८ जनाको पहिचान खुलेको छ । सिरहाबाट विराटनगर आइरहेको बा ४ प ७४५० नम्बरको यात्रुबाहक बस सडक पार गरिरहेको मोटरसाइकल जोगाउने क्रममा पल्टिएर दुर्घटना भएको थियो । घाइतेहरुको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । दुर्घटनामा घाइते हुनेहरु अधिकांशको ...
लैङ्गिक हिंसा रोक्न विराटनगर महानगरको पहल

लैङ्गिक हिंसा रोक्न विराटनगर महानगरको पहल

विराटनगर । विराटनगर महानगरपालिकाले लैङ्गिक हिंसा रोकथामका लागि ‘परिवार संवाद’ कार्यक्रम सञ्चालन गर्न थालेको छ । महानगरले विराटनगर–८ सुकुम्बासी बस्तीमा उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा कार्यक्रम सुरु गरेको हो । सामान्य विषयलाई लिएर श्रीमान–श्रीमतीबीच हुने विवाद र झगडा न्यूनीकरण गर्ने उद्देश्यले महानगरले यो कार्यक्रम थालिएको जनाएको छ । साझा सवालका लागि साझा मञ्च (कोकन) सँगको सहकार्यमा पर...
मोरङको बाँसबारीमा बस दुर्घटना

मोरङको बाँसबारीमा बस दुर्घटना

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-३ स्थित बाँसवारी नजिक बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् । सिरहाबाट विराटनगर आउँदै गरेको बा ४ प ७४५० नम्बरको यात्रुबाहक बस आज विहान करिब ११ः३० बजे दुर्घटना भएको हो ।  घाइतेहरूलाई उपचारका लागि विराट टिचिङ हस्पिटल लगिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक सुमन न्यौपानेका...
मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनुपम राठी

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनुपम राठी

विराटनगर । मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनुपम राठी चयन भएका छन् । विराटनगरमा आज सम्पन्न संघको ३४औं अधिवेशनबाट उनी सर्वसम्मत रुपमा अध्यक्षमा चुनिएका हुन् । कार्यसमितिका लागि पहिले १९ सदस्यीय कार्यकारिणी समिति चयन भएको थियो । कार्यकारिणी समितिको बैठकले अध्यक्षमा राठीलाई नेतृत्वमा चयन गरेको हो । अनुपमका हजुरवुवा स्व. आशकरण राठी २०३८ सालमा मोरङ व्यापार संघको अध्यक्ष थिए । त्यस्तै २०४९ सालमा...
मोरङमा एक वर्षभित्र विद्युतीय गाडी उत्पादन गरिने

मोरङमा एक वर्षभित्र विद्युतीय गाडी उत्पादन गरिने

विराटनगर । मोरङमा आगामी एक वर्षभित्र विद्युतीय गाडी उत्पादन गरिने भएको छ । यसका लागि चीनको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनीसँग सम्झौता भइसकेको छ । उक्त सम्झौता गरेको कोशी एन के मोटर्स प्रालिले एक वर्षभित्रै उत्पादन शुरु गर्ने जनाएको हो । कम्पनीका अध्यक्ष टिकाराम पुरीले एक वर्षभित्रै उत्पादन सुरु गर्नेगरि ‘फाष्ट ट्रयाक’ बाट काम गरिने बताए । सुरुमा विद्यालय तथा कलेज प्रयोजनका सवारी साधन उत्पा...
मोरङको लेटाङकी महिला काठमाडौंमा मृत फेला

मोरङको लेटाङकी महिला काठमाडौंमा मृत फेला

विराटनगर । मोरङको लेटाङकी एक महिला काठमाडौंको गोंगबुस्थित एक होटलमा मृत अवस्थामा भेटिएकी छन् । लेटाङ नगरपालिका–२ घर भइ बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारी मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भण्डारी होटलको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेकी हुन् । प्रहरीका अनुसार भण्डारी चन्द्रागिरि नगरपालिका–१५ का ३२ वर्षीय अनित कार्कीसँग होटलमा बसेकी थिइन् ।...
जीवन विकासद्वारा उत्कृष्ट कर्मचारीहरू पुरस्कृत

जीवन विकासद्वारा उत्कृष्ट कर्मचारीहरू पुरस्कृत

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले उत्कृष्ट कर्मचारी तथा शाखालाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७९–८० मा उत्कृष्ट कार्य गरेका कर्मचारी र शाखा कार्यालयलाई पुरस्कृत गरिएको हो । उत्कृष्ट जिल्ला प्रमुखको रुपमा मैयाँ राई, शिवचरण दास र मनोजकुमार मण्डल पुरस्कृत भएका छन् । उत्कृष्ट शाखा प्रमुख घोषित भएका रिता घिमिरे, अनिलकुमार साह, यदुनन्दन कुमार साहलाई पनि पुरस्कृत गरिएको छ । उत्कृष्ट ...
मोरङमा आज साँझदेखि सीमा नाका बन्द हुने

मोरङमा आज साँझदेखि सीमा नाका बन्द हुने

विराटनगर । भारतमा हुन लागेको निर्वाचनका क्रममा मोरङको सीमावर्ती नाका आजदेखि बन्द हुने भएको छ । आज साँझ ६ बजेदेखि बैशाख २५ गते मध्यरातिसम्म नाका बन्द हुने भएको हो । जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गर्दै मित्रराष्ट्र भारतमा हुने लोकसभा निर्वाचनका सन्दर्भमा निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नाका बन्द गरिने जनाएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीद्वारा हस्...
विराटनगरका श्रेष्ठले गरे एक सय पटक रक्तदान

विराटनगरका श्रेष्ठले गरे एक सय पटक रक्तदान

विराटनगर । विराटनगरको ट्राफिक चोकका औषधि व्यवसायी हरिमोहन श्रेष्ठले एक सय पटक रक्तदान गरेका छन् । गोल्डेन अस्पतालमा उपचाररत सप्तरीका चन्देश्वर रायका लागि उनले शनिबार रगत दिएका हुन् । यसअघि उनले ९९ औं पटक रक्तदान गरिसकेका थिए । रायलाई ए पोजेटिभ रगत चाहिएको थियो । उनीहरूको रक्तसमूह मिलेपछि श्रेष्ठले रगत दिएको बिरामी रायका ज्याईं रविन्द्ररायले जानकारी दिए । आफूले रक्तदान गरेको तीन महिना पुरा भएपछि...
चर्को गर्मी अनि झ्याप्प-झ्याप्प जाने बिजुली, विराटनगरका उपभोक्ता हैरान

चर्को गर्मी अनि झ्याप्प-झ्याप्प जाने बिजुली, विराटनगरका उपभोक्ता हैरान

विराटनगर । पछिल्लो समय विराटनगरमा छिनछिनमा विद्युत् कटौती हुने गरेकाले सर्वसाधारणले दुःख पाएका छन् । अचाक्ली गर्मीको समयमा पटक–पटक विद्युत् कटौती हुँदा सास्ती भोग्नु परेको छ । दिनदिनै बढ्दै गएको गर्मीले सताइरहेका बेला बिजुली आपूर्ति छिनछिनमा बन्द हुँदा निसास्सिने गरेको उपभोक्ता बताउँछन् । ‘बाहिर निस्किसक्नु छैन, घरभित्र बस्दा बिजुली नभएर पंखा चलाउन पाइँदैन’ विराटनगर–४ की कविता गुरागाईंले भनिन्,...
प्याब्सन मोरङ र न्यूरो हस्पिटलबीच सहुलियत उपचारको सम्झौता

प्याब्सन मोरङ र न्यूरो हस्पिटलबीच सहुलियत उपचारको सम्झौता

विराटनगर । प्याब्सन मोरङ र न्यूरो हस्पिटलबीच सहुलियतमा उपचार गर्ने सम्झौता भएको छ । न्यूरो हस्पिटलले प्याब्सनमा आवद्ध सदस्यहरूको सहुलियतमा उपचार गरिदिने भएको हो । सझमदारी पत्रमा प्याब्सन मोरङका तर्फबाट अध्यक्ष प्रेमलाल सिंह सुवाल र हस्पिटलको तर्फबाट अपरेशनल डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार न्यूरोले प्याब्सनमा आवद्ध सदस्य, सञ्चालक, प्रिन्सिपल, शिक्षक, कर्मचारी र आश्...
श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ

श्रीमतीको हत्या गरी फरार व्यक्ति पक्राउ

विराटनगर । श्रीमतीको हत्या गरी फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–५ का ५० वर्षीय पदमबहादुर तामाङलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार पदमबहादुरलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न स्थानीय बासिन्दाले पनि सहयोग गरेका थिए । प्रहरीका अनुसार उनले ...
error: Content is protected !!