संगालोखबर

विराटनगर । मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसमा दुई दिने रेडियो उद्घोषणबारे प्रशिक्षण सम्पन्न भएको छ । उक्त क्याम्पसको नेपाली शिक्षण विभागको आयोजना तथा सुन्दरहरैँचा नगरपालिकाको संयोजनमा तालिम सम्पन्न भएको हो ।

Advertisement

क्याम्पसका विभिन्न कक्षामा अध्ययनरत १२२ जना विद्यार्थी प्रशिक्षणमा सहभागी थिए । रेडियोकर्मी, साहित्यकार तथा पाटन क्याम्पसका प्राध्यापक हेम भण्डारीले सहभागीहरुलाई प्रशिक्षण लिएका थिए ।

तालिमको उद्घाटन सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले गरेका थिए । प्रशिक्षणका क्रममा विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक रुपमा अभ्यास पनि गर्न लगाइएको थियो ।

नेपाली शिक्षण विभागका प्रमुख गेहेन्द्र खनालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सुकुना बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष केशव अधिकारी, क्याम्पस प्रमुख अर्जुनराज अधिकारी, सहायक क्याम्पस प्रमुखद्वय गणेश दाहाल र बलराम पोखरेल, व्यवस्थापन संकायका प्रमुख उमेश उप्रेतीको सहभागिता थियो ।

यसैगरी, अतिरिक्त क्रियाकलाप संयोजक विदुर सुवेदी, प्रा. डा. दीपक न्यौपाने लगायतको सहभागिता थियोे । विद्यार्थीहरुलाई उद्घोषण र यसको कौशलबारे जानकारी होस् भनेर प्रशिक्षण कार्यक्रम आयोजना गरिएको रेखा सुवेदीले जानकारी दिइन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!