संगालोखबर

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–३, बाँसबारीमा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका १८ जनाको पहिचान खुलेको छ ।

Advertisement

सिरहाबाट विराटनगर आइरहेको बा ४ प ७४५० नम्बरको यात्रुबाहक बस सडक पार गरिरहेको मोटरसाइकल जोगाउने क्रममा पल्टिएर दुर्घटना भएको थियो ।

घाइतेहरुको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । दुर्घटनामा घाइते हुनेहरु अधिकांशको टाउको, हात र शरीरका अन्य भागमा चोटपटक रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुमा सिरहाकी ३७ वर्षीया निलम सिंह, सिरहा कल्याणपुर–१ की ६४ वर्षीया परमेश्वरी कापेट, कल्याणपुर–४ का १९ वर्षीय नन्दकिशोर यादव, लहान–१३ की ५२ वर्षीया रुकमदेबी पासपान छन् ।

यसैगरी, सुनसरीको देवानगन्जका ४६ वर्षीय सलाउदेन खान, सिराहा, कल्याणपुर–११ की ३५ वर्षीया सुनिता यादव, धनुषाहंसपुरका ५ वर्षीय आरुष मण्डल, कल्याणपुरकी ७० वर्षीया रामपपरी ठाकुर, ४२ वर्षीय सुककुमार साह पनि दुर्घटनामा घाइते भएका छन् ।

यस्तै, कल्याणपुर–११ की ४ वर्षीया कृतिका यादव, १८ वर्षीया मनिषाकुमारी यादव, सिरहा बरियारपट्टी–२ का २९ वर्षीय ओमप्रकाश दास, १८ वर्षीया एलिसा सिंह, सहिद मियाँ, प्रवीण सिंह। विवेक यादव, ६४ वर्षीय मखन कामती र सप्तरीको बोदेबरसाइन–१ का ५४ वर्षीय श्रवणकुमार चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!