संगालोखबर

विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा मोरङ विराटनगरका नारायणप्रसाद वस्तीलाई सिफारिस गरेका छन् ।

Advertisement

संविधानको धारा १६० को उपधारा २ अनुसार वस्तीलाई नियुक्त गर्न उनले प्रदेश प्रमुख पर्शुराम खापुङलाई सिफारिस गरेका हुन् । वस्तीको नियुक्ति र शपथग्रहण कार्यक्रम आजै हुने जनाइएको छ ।

वस्ती नेकपा एमालेनिकट कानून व्यवसायीहरुको संगठन प्रगतिशील तथा व्यावसायिक कानून व्यवसायी संगठनका कोशी संयोजक तथा केन्द्रीय उपमहासचिव हुन् । निवर्तमान मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले नियुक्त गरेका मुख्य न्यायाधिवक्ता रुपेश कोइरालालाई नयाँ सरकार गठन भएसँगै पदमुक्त गरिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!