संगालोखबर

विराटनगर । लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक्ट ‘३२५ सी’ ले मानवसेवा आश्रम र मायाघर आश्रमलाई सहयोग गरेको छ । कोशी प्रदेशमा सामाजिक सेवामा सक्रिय रहेका दुईवटा संस्थामा पूर्वाधार संरचना निर्माणमा लायन्सले सहयोग रकम जुटाएको हो ।

Advertisement

सहयोग रकमबाट विराटनगरको मानव सेवा आश्रममा सुविधासम्पन्न भान्सा घर र मायाघर आश्रम इटहरीमा आवास भवन निर्माण हुने लायन्स क्लव डिस्ट्रिक्ट ३२५ सीका डिस्ट्रिक्ट गर्भनर लायन विजयहरि शर्माले जानकारी दिए ।

उक्त कार्यका लागि २ लाख १७ हजार ५५९ डलर अर्थात नेपाली दुई करोड ९१ लाख ३५ हजार रुपैयाँ बराबरको सहयोग जुटाएको उनले बताए ।

उनले लायन्सको तर्फबाट सामाजिक कार्यमा विगतदेखि नै सहयोग गर्दै आएकोमा सबैको पहलमा अन्तर्राष्ट्रिय स्तरबाटै ठूलो रकम प्राप्त भएको बताए ।

दुवै ठाउँमा तुरुन्तै भवन संरचना निर्माणको सम्झौता सम्पन्न हुने र निर्माण कार्य सुरु गरिने उनले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!