संगालोखबर

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-३ स्थित बाँसवारी नजिक बस दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् । सिरहाबाट विराटनगर आउँदै गरेको बा ४ प ७४५० नम्बरको यात्रुबाहक बस आज विहान करिब ११ः३० बजे दुर्घटना भएको हो । 

Advertisement

घाइतेहरूलाई उपचारका लागि विराट टिचिङ हस्पिटल लगिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार मोटरसाइकलले अचानक सडक पार गर्न खोज्दा अनियन्त्रित भइ बस पल्टिएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!