संगालोखबर

विराटनगर । उत्तरी मोरङको लेटाङस्थित सुधार केन्द्रबाट आज बिहान ७ जना सम्पर्कविहीन बनेका छन् । लेटाङ नगरपालिका–९ जाँतेमा रहेको उज्यालो जीवन प्रतिष्ठान नेपाल सुधार केन्द्रबाट उनीहरु भागेको जनाइएको छ ।

Advertisement

उक्त संस्था दुर्व्यसनीहरुलाई राखेर बाली सुधार्ने अभियानका लागि सञ्चालित छ । केन्द्रबाट भाग्नेहरुमा लेटाङ–५ का पालदेन तामाङ, दिलसन तामाङ, लेटाङ–६ का अनिल गौतम, लेटाङ–८ का विशाल कार्की, मदन कार्की, मोरङ, कानेपोखरी–७ का सरोज लिम्बू र केराबारी–१० का अनुप परियार छन् ।

अभिभावक र परिवारका सदस्यलाई जानकारी गराएर फरार भएकाहरुको खोजी तीव्र पारिएको केन्द्रले जानकारी दिएको छ । केन्द्रले भागेकाहरुबारे प्रहरीमा सूचना दिएर खोजीका लाग आग्रह पनि गरेको छ ।

केन्द्रबाट प्राप्त जानकारीपछि लेटाङस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक भीमलाल ओलीसहितको टोली खटिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!