संगालोखबर


विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले कोशी प्रदेशका १२ वटा स्थानीय तहमा ‘कानूनको व्यावहारिक शिक्षा’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । न्यायमा पहुँच अभिवृद्धि कार्यक्रमअन्तर्गत विश्वविद्यालयले झापा, मोरङ र सुनसरीका १२ वटा स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

मोरङका ६, झापाका ५ र सुनसरीको एउटा स्थानीय तहमा यो कार्यक्रम सञ्चालन हुनेछ । स्नातक तहका विद्यार्थीले छनौट भएका स्थानीय तहमा गएर लक्षित समूहलाई कानूनको व्यावहारिक शिक्षा दिने जनाइएको छ ।

Advertisement

न्यायिक समितिको समन्वयमा विद्यार्थीहरूले सामाजिक न्याय र कानूनी न्यायका गतिविधिहरू सञ्चालन गर्नेछन् । कार्यक्रम सञ्चालनका लागि पूर्वाञ्चल विश्वविद्यालयका विभिन्न क्याम्पसमा कानून स्नातक तहमा अध्ययनरत २३ जना विद्यार्थी छनौट भएका छन् ।

छनौट भएका विद्यार्थीहरूलाई विश्वविद्यालयले तीन दिने अभिमुखीकरण तालिम दिएर कार्यक्रम सञ्चालन हुने स्थानीय तहमा पठाएको छ । उनीहरूले एक महिनासम्म स्थानीय तहमा स्थानीयलाई कानूनी सहयता र कानूनी शिक्षा दिनेछन् ।

विद्यार्थीले कक्षा कोठामा पाएको सैद्धान्तिक ज्ञानलाई व्यहारमा उतार्ने अवसरको रुपमा प्रयोग गर्न पूर्वाञ्चल विश्वविद्यालय कला, कानून तथा शिक्षा संकायका डीन प्रा. डा. अनिल पोखरेलले विद्यार्थीहरूलाई सुझाव दिए ।

यो कार्यक्रमले स्थानीय तहको न्याय सम्पादनमा सहयोग पु¥याउनुका साथै स्थानीयले प्रत्यक्ष रुपमा यो कार्यक्रमबाट लाभ लिनसक्ने डीन पोखरेलले जानकारी दिए ।

महिला, बालबालिका, आदिवासी जनजाति, दलित, पिछडिएको वर्ग लगायतका लक्षित समूह यो कार्यक्रमबाट लाभान्वित हुने कलेज अफ लका डाइरेक्टर महेशप्रसाद निरौलाको भनाइ छ । यो कार्यक्रमपछि लक्षित वर्गको कानून र न्यायमा पहुँच पुग्ने निर्देशक निरौलाले बताए ।

विश्वविद्यालयले यसअघि कानूनको व्यवहारिक शिक्षाको दुईवटा कार्यक्रम सञ्चालन गरिसकेको छ । गत वर्ष इलाम, धनकुटा, भोजपुर, उदयपुर र सुनसरीको १६ वटा स्थानीय तहमा ३२ जना विद्यार्थीले कार्यक्रम सञ्चालन गरेका थिए भने पहिलो वर्ष सुनसरी, भोजपुर, पाँचथरका १५ स्थानीय तहमा ३० जना विद्यार्थीहरूले कार्यक्रम सञ्चालन गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!