संगालोखबर


विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा भारत विहारस्थित पटनाको हाइ पफमेन्स क्रिकेट क्लब अन्तिम आठमा पुगेको छ । विराटनगर जुटमिलको खेल मैदानमा आज मंगलबार भएको पहिलो खेलमा विभागीय टिम नेपाल पुलिस क्बलाई १२ रनले हराउँदै पटना अन्तिम आठमा पुगेको हो ।

टस जितेर ब्याटिङ रोजेको पटनाले १५.५ ओभरमा सबै बिकेट गुगाउँदै १०३ रन बनाएको हो । पटनाका सचिन कुमार सिंहले १९ बलमा २६ रन बनाए । उनले २ छक्का र २ चौका हिर्काए । प्रतिकले २२ रन पारी खेल्दा सहिले अविजित १३ रनको योगदान दिए । पटनाका अन्य ब्याट्समेनले दोहोरो अंक बनाउन सकेनन् ।

Advertisement

पुलिसका सुर्वण यादवले कसिलो बलिङ गरे । उनले ३.५ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए । रोशन सुवलले ३ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए भने रसिब खानले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए ।

पटनाले दिएको १०४ रनको विजय लक्ष्य पछ्याएको नेपाल पुलिसले १७.३ ओभरमा सबै विकेट गुमाइ ९१ रन मात्रै बनाउन सक्यो । पुलिसका केशवले २० बलमा १७ रन बनाए । उनले ३ चौका मात्रै हिर्काए । एरनले १६ रन बनाउँदा सुबपले ११ रनको योगदान दिए । पुलिसका अन्य ब्याटमेनले दोहोरो अंक बनाउन सकेनन् ।

पटनाका सकबुल जैनले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । सचिन सिंह र हरीले समान २–२ विकेट लिए । खेलको प्लेर अफ द म्याच पटनाका सचिन सिंह घोषित भए । उनले नगद ३ हजार रुपैयाँ पाए ।

प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा सिरहा क्रिकेट क्लब र भारत विहारको कटिहार क्रिकेट क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!