संगालोखबर संवाददाता


विराटनगर । प्याब्सन मोरङ र न्यूरो हस्पिटलबीच सहुलियतमा उपचार गर्ने सम्झौता भएको छ । न्यूरो हस्पिटलले प्याब्सनमा आवद्ध सदस्यहरूको सहुलियतमा उपचार गरिदिने भएको हो । सझमदारी पत्रमा प्याब्सन मोरङका तर्फबाट अध्यक्ष प्रेमलाल सिंह सुवाल र हस्पिटलको तर्फबाट अपरेशनल डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार न्यूरोले प्याब्सनमा आवद्ध सदस्य, सञ्चालक, प्रिन्सिपल, शिक्षक, कर्मचारी र आश्रित परिवारको सहुलियतमा उपचार गरिदिने भएको प्याब्सन विराटनगरका उपाध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिए । सम्झौतापछि ओपीडी निःशुल्क तथा ल्याबमा विशेष छुट हुने भएको छ ।

Advertisement

सम्झौता कार्यक्रममा प्याब्सन केन्द्रीय उपाध्यक्ष राजेशकुमार दास, वरिष्ठ सल्लाहकार सावित्राकुमारी पराजुली, प्रमुख सल्लाहकार सीतला सुब्बा, कोषाध्यक्ष विष्णु डंगोल, विराटनगर प्याब्सन उपाध्यक्ष अर्जुन श्रेष्ठ, सचिव अशोक लामा लगायतको उपस्थिति थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!