संगालोखबर

विराटनगर । मोरङको पथरी शनिश्चरेका एक युवकको काठमाडौंमा हत्या भएको छ । काठमाडौंको बत्तीसपुतलीस्थित कुमारी मार्गमा गएराति उनको हत्या भएको हो । पथरी शनिश्चरे नगरपालिका–९ घर भइ काठमाडौं महानगरपालिका–९ पिंगलास्थनमा डेरा गरी बस्ने २४ वर्षीय शम्भु धितालको चक्कु प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ ।

Advertisement

चक्कु प्रहारबाट उनको छाती र ढाडमा गहिरो चोट लागेको जनाइएको छ । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको उल्लेख गर्दै पक्राउ परेकाहरु नाबालिग रहेकाले उनीहरुको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ ।

धितालको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल महाराजगन्जमा राखिएको छ । घटनाबारे परिवारलाई खबर गरिएको प्रहरीले जानकारी दिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!