संगालोखबर

विराटनगर । मन्त्रालय भागबण्डामा सहमति हुन नसक्दा कोशी प्रदेश मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहमति जुटाएर आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका थिए ।

Advertisement

मन्त्रालय भागबण्डाको विषय अझै छलफलमा रहेको जनाउँदै एमालेका एकजना नेताले छलफलपछि सहमति जुटाएर मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।

सत्ता साझेदार दल माओवादी केन्द्र कोशी प्रदेशका इञ्चार्ज हरिबोल गजुरेलले आफ्नो पार्टीले आर्थिक मामिला तथा योजना मन्त्रालय पाउनुपर्ने अडान राखेका छन् । आर्थिक मामिला मन्त्रालय एमालेले पनि आफ्नो भागमा पर्नुपर्ने अडान राख्दै आएको छ ।

यही विषयमा सहमति हुन नसक्दा आज मन्त्रिपरिषद विस्तारको सम्भावना टरेको छ । सम्भवत: भोलि विस्तार हुने ती नेताले बताए । वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त मुख्यमन्त्री कार्कीले त्यसै दिन एमालेका रामबहादुर राना मगर र माओवादीका गणेश उप्रेतीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!