संगालोखबर

विराटनगर । मोरङको रतुवामाइ नगरपालिका–६ मा प्रहरीले लागूऔषध कारोबारमा संलग्नलाई पक्राउ गर्ने क्रममा गोली चलाएको छ । त्यस क्रममा प्रहरीले लागूऔषध कारोबारी भारतीय नागरिक भागीरथ हरिजनलाई पक्राउ गरेको छ ।

Advertisement

लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौंबाट खटिएको प्रहरी नायव निरीक्षक बालकृष्ण सञ्जेल नेतृत्वको टोलीले हरिजनलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो । उनको साथबाट १३८ ग्राम खैरो हेरोइन बरामद भएको जनाइएको छ ।

प्रहरीको गोलीले भारतको बिहार, किसनगञ्जका उनको उनको खुट्टामा चोट लागेको छ । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लागूऔषध कारोबारमा संलग्न भएको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गर्ने प्रयास गरेको थियो । त्यस क्रममा प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि गोली चलाउनुपरेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!