संगालोखबर

विराटनगर । मोरङका छुट्टाछुट्टै स्थानमा आज भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । पथरीशनिश्चरे र केराबारीमा भएका दुर्घटनामा ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

Advertisement

केराबारी गाउँपालिका–५ मा बा ११ च २९२८ नम्बरको पिकअप भ्यानले प्रदेश १–०२–००२ ह ९२४४ नम्बरको टेम्पोलाई ठक्कर दिँदा अटो चालक ४५ वर्षीय मेखबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते हुनेमा पिकअप चालक बुढीगंगा–२ का ३२ वर्षीय शिवकुमार ऋषिदेव, अटोमा यात्रा गरिरहेकी केराबारी–६ की ६० वर्षीया हरिमाया मगर, धरान–११ की ३० वर्षीया सीता मगर, उनकी १० वर्षीया छोरी प्रसुना र ७ वर्षीय छोरा एगिल घाइते भएको प्रहरीले जनाएको छ ।

यसैगरी, पथरीशनिश्चरे नगरपालिका–१ मा प्रदेश १–०२–०४३ प ७२१५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालक लेटाङ–८ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको छ ।

मोटरसाइकल पछाडि बसेकी उनकी श्रीमती २१ वर्षीया ललिता राई मगर घाइते भएकी छन् । उनको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!