विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवल्दारको मृत्यु

विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी हवल्दारको मृत्यु

  विराटनगर । विराटनगर महानगरपालिका-३ बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । दुर्घटनामा मोरङको बेलबारी नगरपालिका-८ का ३० वर्षीय भीम खड्काको मृत्यु भएको हो । उनी कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरमा कार्यरत थिए । प्रहरीका अनुसार गए राति करिब १२ः२५ बजे बरगाछी चोक नजिक कोशी राजमार्गमा कञ्चनबारीतर्फ जाँदै गरेको बा प्र ०२-०४३ प ७७१६ नम्बरको मोटरसाइकल अ...
मोरङको थनपालथानबाट २९ हजार बढी ट्रामाडोल क्याप्सुल बरामद

मोरङको थनपालथानबाट २९ हजार बढी ट्रामाडोल क्याप्सुल बरामद

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-१ गडेरीयाबाट ठूलो मात्रामा प्रतिबन्धित औषधी ट्रामाडोल बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा २९ हजार ६ सय ८० क्याप्सुल ट्रामाडोल बरामद गरेको हो । बाँसको झ्याङमा २ वटा झोलामा लुकाएर राखिएको अवस्थामा ट्रामाडोल क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ । ओसार-पसारमा संलग्न व्यक्तिको खोजतलास भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय व...
मोरङको बेलबारीमा चल्न थाल्यो नगर बस

मोरङको बेलबारीमा चल्न थाल्यो नगर बस

विराटनगर । मोरङको बेलबारी नगरपालिकामा विद्युतीय नगर बस सञ्चालनमा आएको छ । सोमबार नगर प्रमुख दिलप्रसाद राई तथा उपप्रमुख नितु थापाले संयुक्त रूपमा उद्‌घाटन गरेसँगै औपचारिक रूपमा नगर बस सञ्चालनमा आएको हो । नगरपालिकाका अनुसार करिब १ करोड ३१ लाख रुपैयाँको लागतमा विद्युतीय बस तथा चार्जिङ प्रणाली स्थापनासहित परियोजना अघि बढाइएको थियो । सार्वजनिक यातायातलाई व्यवस्थित, पारदर्शी र एकरूप बनाउने, यात्रुहर...
मोरङको बेलबारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

मोरङको बेलबारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

विराटनगर । मोरङको बेलबारी नगरपालिका-७ बाहुनीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा झापाको दमक नगरपालिकाका ३० वर्षीय कुमार गिरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको मोरङ प्रहरीका डीएसपी हरिनन्दन चौधरीले संगालोखबरलाई जानकारी दिए । दुर्घटनामा बेलबारी-६ का २६ वर्षीय शुभाष ऋषिदेव, सोही स्थानका ३५ वर्...
विराटनगरमा मंसिर १९ गतेदेखि प्याब्सन स्पोर्ट्स मिट हुँदै

विराटनगरमा मंसिर १९ गतेदेखि प्याब्सन स्पोर्ट्स मिट हुँदै

विराटनगर । विराटनगरमा प्याब्सन स्पोर्ट्स मिट हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा मंसिर १९ देखि २१ गतेसम्म स्पोर्ट्स मिट हुन लागेको हो । स्पोर्ट्स मिट विराटनगरको सहिद रंगशाला, रानीस्थित जुटमिलको खेल मैदान, एभरेष्ट स्कुल तथा विराटनगरका अन्य खेल मैदानमा हुने आयोजकले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । शिक्षा क्षेत्रको समग्र उन्नयनका लागि खेल...
एचआईभी/एड्ससम्बन्धी जनचेतना बढाउन विराटनगरमा प्यानल छलफल

एचआईभी/एड्ससम्बन्धी जनचेतना बढाउन विराटनगरमा प्यानल छलफल

विराटनगर । एचआईभी/एड्ससम्बन्धी जनचेतना बढाउने र प्रभावकारी नीति-कार्यन्वयनमा आवश्यक समन्वय गर्न विराटनगरमा प्यानल छलफल भएको छ । विश्व एड्स दिवसको अवसरमा विभिन्न सरोकारवाला निकायको उपस्थितिमा प्यानल छलफल भएको हो । स्वास्थ्य निर्देशनालय धनकुटा, एएचएफ नेपाल, स्वास्थ्य कार्यालय मोरङ,  लायन्स क्लब अफ विराटनगर मेट्रो लगायतको संयुक्त आयोजनामा भएको कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्य सचिव डा. यदुचन्द्र...
विराटनगर महानगरपालिकाद्वारा अनुदानमा बिउ वितरण 

विराटनगर महानगरपालिकाद्वारा अनुदानमा बिउ वितरण 

विराटनगर । विराटनगर महानगरपालिकाले ५० प्रतिशत अनुदानमा गहुँ र मकैको बिउ वितरण सुरु गरेको छ । कृषकलाई कृषिप्रति आकर्षण जगाउन अनुदानमा बिउ वितरण गरिएको महानगरले जनाएको छ । महानगरका अनुसार ३६ समूह र १० जना कृषकलाई बिउ वितरण गरिनेछ । जसमध्ये १० हजार ६ सय ३८ केजी गहुँ र ७ सय १४ केजी मकैको बिउ वितरण गरिएको कृषि तथा पशुपन्छी शाखाका संयोजक हिरालाल यादवले जानकारी दिए । महानगर क्षेत्रभित्र ९ सय हेक्टरमा...
विराटनगरबाट श्रोत नखुलेको साढे २ लाख भारुसहित एकजना पक्राउ

विराटनगरबाट श्रोत नखुलेको साढे २ लाख भारुसहित एकजना पक्राउ

विराटनगर । विराटनगर-१५ बाट श्रोत नखुलेको दुई लाख ५० हजार भारुसहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका २५ वर्षीय मनिष यादव छन् । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई शङ्का लागेर चेकजाँच गर्दा पाँच सय दरका भारतीय नोट पाँच सय थान फेला परेको मोरङ प्रहरीले जनाएको छ । उनले बरामद नोटहरूको वैध स्रोत खुलाउन नसकेपछि प्रहरीले पक्राउ गरेको हो । उनलाई राजश्व अनुसन्धान ...
मोरङको रंगेलीमा आगजनी र तोडफोड गर्ने आठ जना पक्राउ

मोरङको रंगेलीमा आगजनी र तोडफोड गर्ने आठ जना पक्राउ

विराटनगर । मोरङको रंगेलीबाट सरकारी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरेको आरोपमा आठ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रंगेली नगरपालिका-३ का भुपाल भण्डारी, रंगेली-७ का आनन्द साह, रंगेली-४ का रमेशकुमार मण्डल र रंगेली-३ का रुपक गौतम छन् । यस्तै रंगेली-६ का रूपेश यादव, कहटरी-२ का समिर क्षेत्री, सोही स्थानका दोर्जे प्रतीक तामाङ र जहदा-१ का गणपत यादव पक्राउ परेका हुन् । गत भदौ २४ गते भएको जेनजी आन्...
विराटनगरमा सरकारी कार्यालय आगजनी गर्ने नौ जनाविरुद्ध पाँच दिनको म्याद थप

विराटनगरमा सरकारी कार्यालय आगजनी गर्ने नौ जनाविरुद्ध पाँच दिनको म्याद थप

विराटनगर । विराटनगरमा सरकारी कार्यालयहरूमा आगजनी गरेको आरोपमा पक्राउ परेका नौ जनाविरुद्ध पाँच दिनको म्याद थप भएको छ । आज उनीहरूलाई जिल्ला अदालत मोरङमा उपस्थित गराइ ‘आपराधिक उपद्रव’ मुद्दामा अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरिएको हो । प्रहरीले हिजो ताजिम अन्सारी, आवास पौडेल, अरुण साह, राजीव यादव र महेश नेपाललाई पक्राउ गरेको थियो । आज समिर क्षेत्री, दोर्जे तामाङ, गणपति यादव र पंकज कुमार कामतला...
विराटनगरमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा (फोटो फिचर)

विराटनगरमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा (फोटो फिचर)

विराटनगर । विराटनगरमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा भइरहेको छ । सभालाई पार्टीका शीर्ष नेताहरूले सम्बोधन गरिरहेका छन् । विभिन्न १५ राजनीतिक दल मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टीले आज कोशी प्रदेशस्तरीय एकता सन्देश सभा गरेको हो । पुरानो गुद्रीस्थित मैदानमा दिउँसो १ बजेबाट सुरु भएको सभामा झापा, मोरङ, सुनसरी, भोजपुर, उदयपुरसहित कोशीका १४ वटै जिल्लाबाट नेता कार्यकर्ताहरू आएका छन्...
विराटनगरमा सुरु भयो नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा 

विराटनगरमा सुरु भयो नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा 

विराटनगर । विराटनगरमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा सुरु भएको छ । विभिन्न १५ राजनीतिक दल मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टीको कोशी प्रदेशस्तरीय एकता सन्देश सभा विराटनगरमा सुरु भएको हो । पुरानो गुद्रीस्थित मैदानमा दिउँसो १ बजेबाट सुरु भएको सभामा झापा, मोरङ, सुनसरी, भोजपुर, उदयपुरसहित कोशीका १४ वटै जिल्लाबाट नेता कार्यकर्ताहरू आएका छन् । सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प...
मोरङको रंगेलीमा २८ सय दीप प्रज्वलन (फोटो फिचर)

मोरङको रंगेलीमा २८ सय दीप प्रज्वलन (फोटो फिचर)

विराटनगर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा मोरङको रंगेलीस्थित काली मन्दिर र दुर्गा मन्दिरमा दीप प्रज्वलन गरिएको छ । सामाजिक विकास मन्त्रालय कोशी प्रदेश र रङ्गेली नगरपालिकाको संयुक्त आयोजनामा आइतबार साँझ दुई हजार आठ सय दीप प्रज्वलन गरिएको हो । लैङ्गिक हिंसा अन्त्यको कामना गर्दै दीप प्रज्वलन गरिएको सामाजिक विकास मन्त्रालयका उपसचिव यादव प्रसाद दुलालले जानकारी दिए । दीप प्रज्वलनम...
मोरङको रंगेलीमा किशोरी स्वास्थ्य परामर्श मेला 

मोरङको रंगेलीमा किशोरी स्वास्थ्य परामर्श मेला 

रंगेली । मोरङको रंगेली नगरपालिकाले किशोरी स्वास्थ्य परामर्श सम्बन्धि एकदिने मेला आयोजना गरेको छ । आइतबार जनता क्याम्पसमा भएको मेलामा रंगेली नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका ६ देखि १२ कक्षासम्मका छात्रा विद्यार्थीहरू सहभागी थिए । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा आयोजना गरिएको मेलामा कोशी प्रदेशका विभिन्न सामाजिक सङ्घसंस्थाले २० वटा बढी स्टलहरू राखेका थिए । मेलाम...
सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा विराटनगरबाट पाँच जना पक्राउ

सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा विराटनगरबाट पाँच जना पक्राउ

विराटनगर । विराटनगरमा सरकारी कार्यालयहरूमा आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताजिम अन्सारी, आवास पौडेल, अरुण साह, राजीव यादव र महेश नेपाल छन् । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा विभिन्न कार्यालयहरूमा तोडफोड र आगजनी रहेको आरोपमा उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये पौडेल नेपाली काँग्रेस, साह नेकपा (एमाले) र ...
विराटनगरमा ११ करोडको लगानीमा खुल्यो प्राइम अस्पताल

विराटनगरमा ११ करोडको लगानीमा खुल्यो प्राइम अस्पताल

विराटनगर । विराटनगर-७ अस्पताल चोकस्थित पुरानो गोल्डेन अस्पतालको भवनमा प्राइम अस्पताल सञ्चालनमा आएको छ । ११ करोड लागतमा सञ्चालनमा ल्याइएको अस्पतालको आज एक कार्यक्रमका बीच उद्‌घाटन गरिएको छ । युवा उद्यमी सनातन मण्डलले सबै रोगको उपचार सेवा प्रदान गर्ने उद्देश्यका साथ अस्पताल सञ्चालन गरिएको बताए । २५ बेड क्षमता रहेको अस्पतालमा १५ जना दक्ष विशेषज्ञ चिकित्सकहरूले सेवा प्रवाह गर्नेछन् । अस्पतालमा उपच...
कोशी अस्पतालको निर्माणाधीन भवन तोकिएको समयमा सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

कोशी अस्पतालको निर्माणाधीन भवन तोकिएको समयमा सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

विराटनगर । जलस्रोत तथा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले विराटनगरस्थित कोशी अस्पतालको निर्माणाधीन भवनको निरीक्षण गरेका छन् । सो अवसरमा उनले निर्माणाधीन भवनको काम तोकिएको समयसिमाभित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । उनले निर्माणाधीन दुई वटै भवन निर्धारित समयमा नै तयार गरेर हस्तान्तरण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए । उनले भवन निर्माणका लागि जनशक्ति थप ...
मोरङ कारागारका कैदीबन्दीमा श्वासप्रस्वास र शरीर सुन्निने समस्या

मोरङ कारागारका कैदीबन्दीमा श्वासप्रस्वास र शरीर सुन्निने समस्या

विराटनगर । पछिल्लो समय मोरङ कारागारका कैदीबन्दीको मृत्यु हुने क्रम बढेको छ । बिहीबार एकै दिन दुई कैदीबन्दीको मृत्यु भएकोमा शनिबार पनि एक कैदीको मृत्यु भएको छ । योसँगै मोरङ कारागारमा वैशाखयता मृत्यु हुने कैदीबन्दीको संख्या १४ पुगेको छ । शनिबार लागूऔषध मुद्दाका थुनुवाको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । मोरङको उर्लाबारी नगरपालिका-१ घर भएका ३७ वर्षीय राजु भन्ने टंकबहादुर दर्जीको मृत्यु भएको...
एमालेको महाधिवेशन प्रतिनिधि छनोट : मोरङ क्षेत्र नम्बर ६ बाट ढकालको प्यानल विजयी

एमालेको महाधिवेशन प्रतिनिधि छनोट : मोरङ क्षेत्र नम्बर ६ बाट ढकालको प्यानल विजयी

विराटनगर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ बाट विनोद ढकालको प्यानल विजयी भएको छ । क्षेत्र नम्बर ६ बाट ढकाल पनि उम्मेदवार थिए ।  उनी सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन् । आज सार्वजनिक मतपरिणाम अनुसार खुला, महिला र युवा तिनै क्लस्टरमा ढकाल पक्षका उम्मेदवार निर्वाचित भएका छन् । खुला तर्फ ढकालले सर्वाधिक एक हजार ५२७ मत पाएका छन् । ...
प्याब्सन कोशीको आयोजनामा एकदिने ‘लिडरसिप समिट’ हुँदै

प्याब्सन कोशीको आयोजनामा एकदिने ‘लिडरसिप समिट’ हुँदै

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कोशी प्रदेशले ‘लिडरसिप समिट’ आयोजना गर्ने भएको छ । बदलिँदो शैक्षिक परिवेश अनुसार विद्यालय सञ्चालन र नेतृत्व विकास गर्ने उद्देश्यले मंसिर २६ गते सुनसरीको इटहरीमा एक दिवसीय ‘लिडरसिप समिट’ गर्न लागेको हो । विद्यालय नेतृत्वलाई दिगो, व्यावसायिक, समावेशी र भविष्यमुखी बनाउँदै विद्यालयलाई सुरक्षित र सिकाइमैत्री बनाउन सहयोग पुर्याउने उद्दे...
कोशी सरकारको पहलमा दुहबी नगरपालिकालाई १८ लाखको सामान हस्तान्तरण

कोशी सरकारको पहलमा दुहबी नगरपालिकालाई १८ लाखको सामान हस्तान्तरण

विराटनगर । सेवा प्रवाह सञ्चालनका लागि कोशी प्रदेश सरकारको पहलमा आज दुहबी नगरपालिकामा करिब  १८ लाख बराबरको ल्यापटप, कम्प्युटर दराज लगायतका ११ प्रकारका सामाग्री  प्रदान गरिएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज नगरप्रमुख वेद नारायण गच्छदारलाई एक समारोह बीच सामान हस्तान्तरण गरेका हुन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि ध्वस्त भएका कार्यालयहरूलाई सहयोग गर्ने कार्यक्र...
विराटनगरमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा खोजी गरिँदै

विराटनगरमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा खोजी गरिँदै

विराटनगर । राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशले अपाङ्गता भएका व्यक्तिहरूको अन्तरनिहित प्रतिभा पहिचान र प्रस्फुटन गर्ने उद्देश्यले विशेष कार्यक्रम गर्ने भएको छ । ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा ‘कोशी प्रदेशको सान, प्रतिभावान् अपाङ्गता भएका व्यक्तिको पहिचान, कलाको व्यवसायिकताले बढाउनेछ आय र आत्मसम्मान’ भन्ने मूल नाराका साथ कार्यक्रम गर्न लागिएको हो । महासंघले आज विराटनगरमा पत्रकार ...
एमालेको राष्ट्रिय महाधिवेशनका लागि मोरङ ५ बाट सर्वसम्मत प्रतिनिधि चयन

एमालेको राष्ट्रिय महाधिवेशनका लागि मोरङ ५ बाट सर्वसम्मत प्रतिनिधि चयन

विराटनगर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि मोरङ क्षेत्र नम्बर ५ बाट सर्वसम्मत प्रतिनिधि निर्वाचित भएका छन् । यसअघि १४ जनाले मनोनयन दर्ता गराएकामा अन्यले उम्मेदवारी फिर्ता लिएपछि सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् । खुलातर्फ ज्ञानेश्वर राजवंशी, मनोज अग्रवाल, दिलिप बगडीया, महिलामा उषा झा र शान्ता डंगोल तथा ४० वर्षमुनिको युवामा मो. हमिद आजाद चयन भएका छन् । निर्वाचन समितिले सर्वसम्मत ...
प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले इस्लाम धर्मको अपमान भएको भन्दै विराटनगरमा प्रदर्शन

प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले इस्लाम धर्मको अपमान भएको भन्दै विराटनगरमा प्रदर्शन

विराटनगर । प्रधानमन्त्री सुशीला कार्कीले दिएको अभिव्यक्तिले इस्लाम धर्मको अपमान भएको भन्दै विराटनगरमा मुस्लिम समुदायले प्रदर्शन गरेका छन् । लैङ्गिक हिंसा सम्बन्धी १६ दिने अभियानको शुभारम्भका क्रममा प्रधानमन्त्रीले मुस्लिम समुदाय लक्षित अभिव्यक्तिको भन्दै उनीहरू आन्दोलित भएका हुन् । मोरङ मुस्लिम समुदायले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जन...
मोरङको रंगेलीमा नेपालमै पहिलो पटक किशोरी स्वास्थ्य परामर्श मेला

मोरङको रंगेलीमा नेपालमै पहिलो पटक किशोरी स्वास्थ्य परामर्श मेला

विराटनगर । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत मोरङको रंगेली नगरपालिकाले नेपालमै पहिलो पटक किशोरी स्वास्थ्य परामर्श मेला आयोजना गर्ने भएको छ । मंसिर १४ गते आइतबार १० देखि १८ वर्षसम्मका बालिकाहरूलाई लक्षित गरेर मेला आयोजना गर्न लागिएको हो । किशोरी अवस्थाका समस्याहरू, बालविवाह, बालश्रमिक, चेलीबेटी बेचबिखन, लागूपदार्थ दुर्व्यसन, महिनावारी, प्रजनन स्वास्थ्य, महिला हिंसा लगायतका विषयमा विज...
मोरङ प्रहरीलाई २४ लाख बढीको सीसी क्यामेरा सहयोग

मोरङ प्रहरीलाई २४ लाख बढीको सीसी क्यामेरा सहयोग

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङलाई २४ लाख ५० हजार मूल्य बराबरको सीसी क्यामेरा सहयोग गरिएको छ । जेनजी आन्दोलनका क्रममा धेरै सीसी क्यामेरामा क्षति पुगेपछि पुनर्स्थापनाका लागि विभिन्न संघसंस्थाहरूले सहयोग गरेका हुन् । मोरङ उद्योग वाणिज्य संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ कोशी प्रदेश तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले १० लाख ५० हजार र प्लाजा सेल्स प्रालिले १४ लाख मूल्य ब...
प्रधानमन्त्री कार्कीको अभिव्यक्तिप्रति विराटनगरका मुस्लिम समुदायको कडा आपत्ति

प्रधानमन्त्री कार्कीको अभिव्यक्तिप्रति विराटनगरका मुस्लिम समुदायको कडा आपत्ति

विराटनगर । प्रधानमन्त्री सुशीला कार्कीले दिएको अभिव्यक्तिप्रति मुस्लिम समुदायले आपत्ति जनाउँदै बोलेको कुरा फिर्ता लिन आग्रह गरेको छ । मोरङ मुस्लिम समुदायले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएको हो । प्रधानमन्त्रीको अभिव्यक्तिले मुस्लिम समुदायको धार्मिक आस्था, संस्कार र सामुदायिक सम्मानमा चोट पुगेको मोरङ मुस्लिम समुदायको ठहर छ । यस्तो टिप्पणी...
दिनभरि फोहोरमा ‘मोहोर’ खोज्ने मोनीको ‘जीवन-संघर्ष’

दिनभरि फोहोरमा ‘मोहोर’ खोज्ने मोनीको ‘जीवन-संघर्ष’

विराटनगर । सबैका फरक–फरक कथा हुन्छन् । ती कथाभित्र आ-आफ्नै दुःख पनि लुकेको हुन्छ । तिनै मध्ये यो कथा विराटनगर-१७ रानीकी ३५ वर्षीया मोनी खातुनको हो । उनको दैनिकी विराटनगर-६ स्थित ब्रम्हपुरास्थित ‘डम्पिङ साइट’ मा बित्ने गरेको छ । त्यहीँबाटै उनले जीविकोपार्जनसँगै छोराछोरीको शिक्षादीक्षाको खर्च जोहो गर्छिन् । बिहानको घामसँगै उठ्ने धुलो र दुर्गन्धको कुनै प्रवाह नगरी मोनी हरेक दिन बिहान ९ बजे ‘डम्पिङ...
विराटनगरमा औषधी व्यवसायीको धर्ना

विराटनगरमा औषधी व्यवसायीको धर्ना

विराटनगर । विराटनगरमा औषधी व्यवसायी आन्दोलित भएका छन् । उनीहरूले विभिन्न माग राख्दै औषधी व्यवस्था विभाग विराटनगरमा आज धर्ना दिएका छन् । औषधी ऐन २०३५ को संशोधनमा राखिएका केही प्रावधानप्रति आपत्ति जनाउँदै व्यवसायीहरू आन्दोलित भएका हुन् । उनीहरूले व्यवसायीलाई विस्थापित गर्न खोजिएको भन्दै ती प्रावधान खारेज हुनुपर्ने माग अघि सारेका छन् । उनीहरूले औषधी ऐन २०३५ को दफा ११ उपदफा ५ खारेज गर्नुपर्ने माग र...
मोरङ कारागारमा कैदीको मृत्यु बढ्दै, आज पनि एक जनाको मृत्यु

मोरङ कारागारमा कैदीको मृत्यु बढ्दै, आज पनि एक जनाको मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको पथरिशनिश्चरे नगरपालिका-५ का ६६ वर्षीय हर्कजंग लिम्बु छन् । कर्तव्य ज्यान मुद्दामा १० वर्षको कैद सजाय भुक्तान गरिरहेका उनको उपचारका क्रममा कोशी अस्पतालमा आज बिहान ४ः२० बजे मृत्यु भएको मोरङ कारागारका सूचना अधिकारी तुलसी पौडेलले जानकारी दिए । ‘उहाँलाई पहिलादेखि नै स्वास्थ्यमा समस्या थियो’, सूचना ...
विराटनगरको शिक्षादीप कलेजका उत्कृष्ट विद्यार्थी सम्मानित 

विराटनगरको शिक्षादीप कलेजका उत्कृष्ट विद्यार्थी सम्मानित 

विराटनगर । विराटनगरको शिक्षादीप कलेजले विज्ञान संकायमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ । कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षामा ८० प्रतिशत बढी अंक ल्याउने १३७ जना विद्यार्थीलाई सम्मान गरिएको हो । आज कलेजमा एक कार्यक्रमको आयोजना गरेर कक्षा ११ का ७७ र कक्षा १२ का ६० जना विद्यार्थीलाई सम्मान गरिएको हो । त्यस्तै उत्कृष्ट १० भित्र पर्न सफल विद्यार्थीलाई प्रोत्...
error: Content is protected !!