संगालोखबर

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा विराटनगरको एनबीएससी क्रिकेट क्लब सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा आज भएको क्वाटरफाइनल खेलमा जोगबनीको प्रशान्त क्रिकेट क्लबलाई १३४ रनले हराउँदै विराटनगर सेमिफाइनलमा पुगेको हो ।

Advertisement

विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाई २०२ रन बनाएको हो । विराटनगरका अनुभव श्रीवास्तव र राहुल चौधरीले अर्धशतक पूरा गरे । अनुभवले ४१ बलमा ६ छक्का र ६ चौका हिर्काउँदै ६६ रन बनाए । राहुलले ३१ बलमा ५ छक्का र ६ चौका हिर्काउँदै ६० रन बनाए । राहुल प्लेर अफ द म्याच घोषित भए । त्यसैगरी कुनल किशोरले २९ रन पारी खेल्दा रिसप रन्जनले २४ रनको योगदान दिए ।

जोगबनीका आशिक राजाले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट र उत्तम यादवले २ विकेट लिए । विराटनगरले दिएको २०३ रनको विशाल छक्ष्य पछ्याएको जोगवनीले १३.३ ओभरमा सबै विकेट गुमाइ ६९ रन मात्रै बनाउन सक्यो । जोगबनीका राजा बाबुले ९ बलमा २४ रन बनाउँदा उत्तम यादवले १७ रन जोडे । जोगबनीका अन्य ब्याटमेनले दोहोरो अंक ल्याउन सकेनन् ।

विराटनगरका खेलाडी आदित्य झा र राहुलले कसिलो बलिङ गरे । आदित्यले ४ ओभरमा १३ रन खर्चेर ४ विकेट र राहुलले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए ।

शुक्रबार पहिलो खेल वाइआरसीसी क्रिकेट क्लब विराटनगर र सुनसरी क्रिकेट क्बल तथा सोही दिन दोस्रो खेल दिल्ली र कटियार क्रिकेट क्लबबीच हुने खेल तालिका छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!