संगालोखबर

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा दोस्रो खेलमा भारत कटिहारको टिमले सिरहा क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्यो । सिरहाले दिएको १७८ रनको लक्ष्य कटिहारले १४.३ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो । कटिहारको जितको लागि अंकित सिंहले बिस्फोटक ब्याटिङ गरे ।

Advertisement

उनले ४३ बलमा अर्धशतक कटाउँदै अविजित ८० रन बनाए । उनले ४ छक्का र १० चौका हिर्काए । उनी खेलको प्लेर अफ द म्याच घोषित भए । त्यसैगरी, असुबले अविजित २४ रन पारी खेल्दा आशिषले ३१ र सुजितले ३० रनको योगदान दिए ।

सिरहाका बिशाल र सोनम रोयले समान १–१ विकेट लिए । त्यसअघि टस जितेर पहिलो ब्याटिङ थालेको सिरहाले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १६७ रन बनाएको थियो । जसमा सिराहाका रुपेशले २० बलमा अबिजित ४७ रन बनाए । उनले ३ छक्का र ६ चौका हिर्काए । दिपेश दास र सिराहाका ओपनर सोलन साहले समान ३०–३० रनको योगदान दिए ।

कटिहारका भानु र प्रनिसले समान २–२ विकेट लिए । भोलि बुधबार पहिलो खेल बिसीसीए विराटनगर र प्रशान्त क्रिकेट क्लब जोगवनीबीच हुनेछ । दोस्रो खेल आयोजक मिल्स क्रिकेट क्लब र सुनसरी क्रिकेट क्लबबीच हुने आयोजकले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!