संगालोखबर

विराटनगर । मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसका स्ववियु सभापति सन्तोष लिम्बू चिर्पट प्रहारबाट घाइते भएका छन् । टाउकोमा चोट लागेका उनको विराटनगरस्थित न्युरो आर्या अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

क्याम्पसको गेटनजिकै उनीमाथि हिजो बेलुका चिर्पट प्रहार भएको थियो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार लिम्बूमाथि सोही क्याम्पसका अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) अध्यक्ष योगेश दाहालले चिर्पट प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ ।

घटनापछि अनेरास्ववियुका अध्यक्ष दाहाल सम्पर्कबिहीन बनेका छन् । उनको प्रहरीले खोजी गरिरहेको छ । इलाका प्रहरी कार्यालय विराटचोक र बेलबारीको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको जनाइएको छ । प्रहरीका अनुसार क्याम्पसको मैदानमा विद्यार्थीहरु क्रिकेट खेलिरहेका बेला विवाद भएको थियो । विवाद मिलाउन गएका लिम्बू र दाहालबीच पनि विवाद भएको जनाइएको छ ।

त्यस क्रममा लिम्बूले क्रिकेटको स्टम्प प्रयोग गर्दै विद्यार्थीलाई तितरबितर पारेका थिए । त्यही बेला अनेरास्ववियुका अध्यक्ष दाहालको टाउको र खुट्टामा स्टम्पले लागेको प्रत्यक्षदर्शी विद्यार्थीले प्रहरीलाई जानकारी दिएका छन् । त्यसपछि दाहालले लिम्बूलाई चिर्पटले प्रहार गरेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!