संगालोखबर संवाददाता

विराटनगर । भारतमा हुन लागेको निर्वाचनका क्रममा मोरङको सीमावर्ती नाका आजदेखि बन्द हुने भएको छ । आज साँझ ६ बजेदेखि बैशाख २५ गते मध्यरातिसम्म नाका बन्द हुने भएको हो ।

Advertisement

जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गर्दै मित्रराष्ट्र भारतमा हुने लोकसभा निर्वाचनका सन्दर्भमा निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नाका बन्द गरिने जनाएको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीद्वारा हस्ताक्षरित सूचनामा त्यस अवधिमा मोरङ जिल्लामा पर्ने नेपाल–भारत सीमा नाकाहरु बन्द रहने जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!