संगालोखबर

विराटनगर । मोरङको बुढीगंगास्थित कृषि फार्ममा गएराति आगलागी भएको छ । आगलागीका कारण फार्मको विभिन्न सामग्री जलेर नष्ट हुँदा ६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Advertisement

बुढीगंगा गाउँपालिका–६ सखुवाटोकीस्थित स्थानीय सञ्जय चौधरीको किवान्स कृषि फार्ममा आगलागी भएको हो । आगलागीमा परी कृषि फार्ममा रहेका अन्न, भाँडा, कपडा, मोटरसाइकल र केही नगदसमेत जलेको प्रहरीले जनाएको छ ।

बिजुली सर्ट भइ आगलागी भएइको अनुमान गरिएको छ । प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो नियन्त्रणमा लिइएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!