धनकुटामा प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी र कृषि मेला हुने
धनकुटा । धनकुटामा आगामी जेठ ९ गतेदेखि १३ गतेसम्म ‘प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, कृषि मेला एवम् फुड फेष्टिबल–२०८१’ हुने भएको छ । आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै यसबारे जानकारी गराएको हो ।
धनकुटा नगरपालिका–६ स्थित औद्योगिक ग्राममा घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको सहयोगमा मेला हुन लागेको हो । मेलामा कोशी प्रदेशका साना तथा घरेलु उद्यो...