संगालोखबर
फाइल तस्वीर ।

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–२० बिष्णुपादुकाबाट ठूलो परिमाणमा लागूऔषध गाँजासहित प्रहरीले धनकुटाका चार जनालाई पक्राउ गरेको छ ।

गाँजाको ओसारपसार भइरहेको भन्ने सूचना पाएको इलाका प्रहरी कार्यालय धरानको टोलीले आज बिहान गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

Advertisement

निगरानीका क्रममा को १ ज १८२१ नम्बरको गाडीलाई रोकेर जाँच गर्दा लुकाएर राखेको अवस्थामा ३३५ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

गाडीका चालक धनकुटाको साँगुरीगढी गाउँपालिका–१० का २६ वर्षीय देउमान राई र ओसारपसारमा संलग्न सोही स्थानका २० वर्षीय निरज राई, २० वर्षीय मन्दिप राई र २८ वर्षीय मनकुमार राईलाई पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!