संगालोखबर

विराटनगर । सामाजिक क्षेत्रमा क्रियाशील कमला–राजबहादुर कुँवर सामाजिक सेवा गुठीले यस वर्षको चारवटा पुरस्कार घोषणा गरेको छ । गुठीको कार्यसमितिले विभिन्न विधामा दिइने पुरस्कारको घोषणा गरेको हो ।

Advertisement

कार्यसमितिका सचिव खगेन्द्र लामिछानेका अनुसार २५ हजार राशिको कमला–राजबहादुर कुँवर साहित्य पुरस्कार साहित्यकार प्रमोद प्रधानलाई दिइने भएको छ । यस्तै, १५ हजार राशिको कमला–राजबहादुर कुँवर खेलकुद पुरस्कार क्रिकेट खेलाडी तथा अन्तर्राष्ट्रिय निर्णायक बुद्धि प्रधानलाई प्रदान गर्ने निर्णय भएको छ ।

गुठीले ११ हजार राशिको कमला–राजबहादुर कुँवर शिक्षा पुरस्कार डा. मनिष अग्रवाललाई दिने भएको छ भने ११ हजार राशिकै कमला–राजबहादुर कुँवर साहित्य पुरस्कार कवि प्रशान्त थापालाई प्रदान गर्ने निर्णय भएको सचिव लामिछानेले बताए ।

ती पुरस्कारहरू आगामी जेठ महिनाको पहिलो साता विराटनगरमा कार्यक्रम आयोजना गरी सम्बन्धित व्यक्तित्वलाई हस्तान्तरण गरिने गुठी कार्यसमितिले जानकारी दिएको छ ।

विराटनगरमा संस्थागत विद्यालय सञ्चालनको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेका कमला–राजबहादुर कुँवरले गरेको योगदानको सम्मान स्वरूप परिवारले सामाजिक सेवा गुठीको व्यवस्थापन गरेका हुन् ।

गुठीले समाजका विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वहरूलाई नगदसहित सम्मान प्रदान गर्ने गरेको छ । यसका लागि दिनेशराज सुवेदी (दिङ्लाली कान्छो) को अध्यक्षतामा ९ सदस्यीय कार्यसमितिको गठन गरी क्रियाकलाप गरिँदे आएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!