गुणस्तरीय बिरुवा नआएको भन्दै पाख्रीबास नगरपालिकाद्वारा ठेक्का रद्द
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकाका १० वटै वडाका किसानलाई वितरण गर्ने भनिएको फलफूलका बिरुवाको ठेक्का रद्द गरिएको छ । नगरपालिका र हरिओम हाइटेक कृषि नर्सरी फार्मबीच भएको सम्झौता अनुसार गुणस्तरीय बिरुवा तोकिएको समयभित्र उपलब्ध गराउन नसकेपछि १४ लाखको ठेक्का रद्द गरिएको हो ।
नगरपालिकाले सबै वडामा सङ्घीय सरकारको विशेष अनुदानअन्तर्गत बगैँचा विस्तार गर्ने उद्देश्यले किसानलाई फलफूलका बिरुवा वितरण गर...



























