संगालोखबर


विराटनगर । नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा परिवर्तन भइरहेको छ ।

त्यसको प्रभावले आज देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका कतिपय स्थानमा आज चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षा हुने सम्भावना छ । केही क्षेत्रमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement

आज दिउँसो कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली रहने छ ।

कोशी प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भूभागको थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!