संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा आगामी शनिवार दिगो पुनः एकीकरण मेला गरिने भएको छ । संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय आप्रवासन संगठनको आर्थिक सहयोगमा नेपाल विकास अध्ययन संस्थाले टुँडिखेलमा एक दिने मेला आयोजना गर्न लागेको हो ।

Advertisement

आयोजक संस्थाले बिहीबार धनकुटामा पत्रकार सम्मेलन गरेर मेलाको बारेमा जानकारी दिएको छ । मेलामा वैदेशिक रोजगारीबाट फर्केका र स्वदेशमै बसोवास गरिरहेका विपन्न युवाहरूबीच भाइचाराको सम्बन्ध विस्तार गर्ने आयोजकको लक्ष्य छ ।

युवालाई उद्यम व्यवसायमा लैजान प्रति व्यवसायी १ लाख ४० हजारका दरले बीउ पुँजी अनुदान दिई उद्योग व्यवसाय गर्न सहयोग गरिएको थियो । उनीहरूले गरेका उत्पादनको मेलामा प्रदर्शनी तथा किनबेच हुने आयोजक नेपाल विकास अध्ययन संस्थाका संयोजक महेन्द्रकुमार राईले जानकारी दिए ।

मेलामा धनकुटा नगरपालिका र झापाको अर्जुनधारा नगरपालिकाका २० वटा स्टल रहेनछन् । दुवै पालिकामा वैदेशिक रोजगारीबाट फर्केका तथा स्वदेशमा बसोबास गरिरहेका विपन्न युवा व्यवसायीहरूले उत्पादन गरेका खुकुरी, टेलरिङ, एभोकाडो लगायत उत्पादनहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!