काठमाडौं । पेट्रोल र डिजेलको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ १८ पैसा र डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ ३ पैसा घटाएको हो ।
घटेको मूल्य आइतबार राती १२ बजेबाट लागू हुने निगमले जनाएको छ । मूल्य घटेपछि अब पेट्रोल प्रतिलिटर १६९ रुपैयाँ ५० पैसा र डिजेल प्रतिलिटर १६५ रुपैयाँ ५० पैसा पर्नेछ ।
भारतीय आयल कर्पोरेसनबाट घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।