संगालोखबर

विराटनगर । कोशीका प्रदेश प्रमुख परशुराम खापुङले वैशाख ३१ गतेका लागि प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । नवगठित कोशी प्रदेश सरकारको सिफारिसमा उनले आज अधिवेशन आह्वान गरेका हुन् ।

Advertisement

हिजो बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हिक्मतकुमार कार्की नेतृत्वको सरकारले वैशाख ३१ गते प्रदेशसभाको अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो ।

मुख्यमन्त्री कार्की तथा नवनियुक्त मन्त्रीहरु राम राना र गणेश उप्रेतीले पद तथा गोपनीयताको शपथ ग्रहण गरी पदभार ग्रहण गरेलगत्तै मन्त्रिपरिषद बैठक बसेको थियो ।

उक्त बैठकमा प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख खापुङसमक्ष सिफारिस गर्ने निर्णय भएको थियो । नवनियुक्त मुख्यमन्त्री कार्कीले प्रदेसभाको अधिवेशन सुरु भएकै दिन विश्वासको मत लिने तयारी गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!