संगालोखबर

विराटनगर । खोटाङमा रक क्लाइम्बिङ गर्ने क्रममा लडेर एक युवकको मृत्यु भएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मझुवाभीरमा हिजो साँझ रक क्लाइम्बिङ गर्ने क्रममा स्थानीय ३५ वर्षीय सुचन राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

घटनामा सिकिस्त घाइते भएका उनलाई जिल्ला अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा उनको त्यहीँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

करिब ३२ मिटर उचाइको मझुवाभीरमा रक क्लाइम्बिङ अभ्यास र प्रतियोगिताका लागि तयारी गरिएको थियो । केही समयअघि त्यहाँ परीक्षण समेत गरिएको थियो ।

रक क्लाइम्बिङका लागि पर्वतारोहण प्रशिक्षक संघले ६ दिनको तालिम पनि दिएको थियो । तालिममा ७ जना स्थानीय युवा र सशस्त्र प्रहरी बल हलेसी गुल्मका ५ जना गरी १२ जनाले तालिम लिएका थिए । तिनै तालिम लिनेमध्येका राईको मृत्यु भएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!