सन्तोष सुवेदी/संगालोखवर

धनकुटा । धनकुटाको भेडेटारमा ११ औं फुड फेस्टिभल गरिने भएको छ । आयोजक होटल एशोसिएसन भेडेटारले पत्रकार सम्मेलन गरेर पुस १५ देखि १७ गतेसम्म फुड फेस्टिभल अर्थात खाना महोत्सव गर्ने तयारी भइरहेको जानकारी दिएको छ ।

Advertisement

पूर्वी नेपालको प्रमुख पर्यटकीय स्थल भेडेटारमा अंग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष फेस्टिभल गरिदै आएको छ । यस पटक पनि सन् २०२४ सुरुवातको अवसर पारेर तीन दिने फेस्टिभल गर्न लागिएको होटल एशोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए ।

फेस्टिभलमा २५ वटा स्टल हुनेछन् । जसमा स्थानीय खानाका परिवार, अर्गानिक तरकारी तथा फलफूल, हस्तकला, कृषि तथा घरेलु सामाग्री बिक्री तथा प्रदर्शनीमा राखिनेछ । ३० हजार भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउँने लक्ष्य राखिएको फेस्टिभलमा एक करोड बराबरको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ ।

फेस्टिभलमा आउने पर्यटकलाई साँगुरीगढी, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, नाम्जे, नमस्ते झरना, सैलुङडाँडा, आत्मा बस्ने घर, थुम्की, बौद्धविहार, गुम्बा, अजङ्गको बरको रूख, ध्वजेडाँडा लगायत पर्यटकीय स्थलहरू घुमाइने छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!