संगालोखबर सम्बाददाता
काउन्टर उद्घाटन गरिदै । तस्वीरः सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटा परिसरमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर सञ्चालन गरिएको छ । बैंकको धनकुटा शाखा मातहत सञ्चालन हुने सो काउन्टर सोमबार उद्घाटन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल र राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रबन्धक दिपकराज न्यौपानेले संयुक्त रुपमा पर्दा उघारेर र रिबन काटेर काउन्टर उद्घाटन गरे । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले सेवाग्राहीको सहजतालाई मध्यनजर गरी बैंकको काउन्टर स्थापना गर्न पहल गरिएको भन्दै यसले सेवाग्राहीहरूलाई निकै सजिलो हुने धारणा राखे । बैंकमार्फत राजश्व बुझाउँनु पर्ने सेवाग्राहीहरूलाई यसले निकै सहज बनाउने उनको बुझाई छ ।

Advertisement

कार्यक्रममा बैंकका प्रदेश प्रबन्धक न्यौपाने र शाखा प्रबन्धक खगेन्द्र कन्दङ्वाले आसपास क्षेत्रका सरकारी कार्यालय र स्थानीयवासीलाई पनि काउन्टरवाट सेवा लिन अनुरोध गरे । सो अवसरमा पत्रकार महासंघका अध्यक्ष नगेन्द्र राई, उद्योग वाणिज्य संघका उपाध्यक्ष तारा तितुङ लगायतले कार्यालयमै एक्सटेन्सन काउन्टर खुलेपछि सेवाग्राहीलाई राजश्व बुझाउँन बैंकको शाखासम्म पुग्नुपर्ने बाध्यता हटेको भन्दै खुशी व्यक्त गरे ।

धनकुटामा राष्ट्रिय वाणिज्य बैंकको यो पहिलो एक्सटेन्सन काउन्टर हो । यो काउन्टरबाट नगद जम्मा गर्ने, झिक्नेसहित शाखाबाट प्रदान गरिने अधिकांश सेवा प्रदान गरिने वैंकले जनाएको छ । राष्ट्रिय वाणिज्य बैंकले वर्षौ अघिदेखि धनकुटा बजार, हिले र जितपुरमा पनि शाखा कार्यालय सञ्चालन गरी बैङ्किङ सेवा प्रदान गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!