गोमा ढुंगाना/संगालोखबर

विराटनगर । विराटनगरमा ‘मोरंग व्यापार संघ एक्स्पो’ सुरु भएको छ । मोरंग व्यापार संघले विराटनगर महानगरपालिका–२ स्थित शंकरपुर मार्गमा पुस ६ देखि १६ गतेसम्म एक्स्पो अर्थात उद्योग व्यापार मेला एवं महोत्सव आयोजना गरेको हो ।

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार एक्स्पो उद्घाटन गरेका छन् ।

आर्थिक शिथिलता बढिरहेको अवस्थामा उद्योग, व्यवसाय, कृषि, पर्यटन तथा सेवा क्षेत्रहरूको विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यले एक्स्पो आयोजना गरिएको हो ।

एक्स्पोमा निर्माण गरिएका २४० वटा स्टलमा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानका उत्पादनहरू बिक्री तथा प्रदर्शनीका लागि राखिएका छन् ।

महोत्सवलाई आकर्षक बनाउँन पशुपतिनाथ र स्वयम्भु प्यागोडा आकृतिको २५ फिट अग्लो मुख्य प्रवेशद्वार र ५५ फिट अग्लो आइफिल टावरको आकृति बनाइएको छ ।

११ दिनसम्म चल्ने एक्स्पोलाई करिब चार लाख दर्शकले अवलोकन गर्ने र १० करोड बराबरको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ ।

भिडियो हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!