रुपन्देहीमा लुटेरा समूहद्वारा गोली हानी एक जनाको हत्या, ५ लाख लुटपाट
बुटवल । रुपन्देहीमा लुटेरा समूहले गोली हानी एक व्यक्तिको हत्या गरेको छ । प्रहरीका अनुसार गोली लागेर ओमसतिया गाउँपालिका–५ का महेन्द्र कुर्मीको मृत्यु भएको हो ।
बैंकबाट रकम लिएर फर्किँदै गरेका कुर्मीलाई रोहणी गाउँपालिका–३ मा लुटेरा समुहले गोली प्रहार गरी हत्या गरेको हो । लुटेराले उनको साथबाट ५ लाख नगदसमेत लुटेर लगेका छन् ।
बैंकबाट पैसा निकालेर घर फर्कदै गर्दा पछ्याउँदै आएको समुहले गोली प्रहार गर...






























