- संगालोखबर सम्वाददाता

बिराटनगर । सोमबार साँझ थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरी, खोटाङ, झापा, धनुषा, बाँके र दैलेखमा कोरोना संक्रमित भेटिएका हुन । बाँकेमा १२ जना, धनुषामा २ जना र सनुसरी, खोटाङ, झापा र दैलेखका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, कोशी अस्पताल बिराटनगर, भेरी अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो । परीक्षणका क्रममा सुनसरीका एक जना, खोटाङ हलेसीका एक जना र झापाका एक जना पुरुषमा संक्रमण देखिएको छ ।

त्यस्तै बाँकेका १२ जना पुरुष, धनुषाका दुई जना पुरुष र दैलेखका एक जना पुरुषमा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ भने संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । जसमध्ये ३७ जना उपचारपछि निको भएर अस्पतालबाट घर फर्किएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!