संगालोखबर सम्वाददाता

काठमाडौं । सोमबार एकैदिन ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहान ९ जना र दिउँसो ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

दिउँसो बाँकेका ४७ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै मोरङ, गुल्मि, धादिङ, दाङ, रौतहट र धनुषाका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि बिहान रौटहटका ८ जना र बाराका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । एकैदिन ८ जिल्लाका ६२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुगेको छ ।

कोरोना संक्रमणका कारण नेपालमा दुई जनाको मृत्यु भएको छ । संक्रमित मध्ये ३६ जना निको भएर घर फर्किएका छन् । हालसम्म ३१ जिल्लामा कोरोनाको संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!