संगालोखबर सम्वाददाता

वीरगञ्ज । वीरगञ्ज स्थित नारायणी अस्पतालबाट आज दुई जना कोरोना संक्रमित भागेका छन् । अस्पतालको आईसोलेशनमा उपचाररत पर्साका राजनाथ यादव र जफर हवारी भागेको अस्पताल स्रोतले जनाएको छ ।

Advertisement

प्रहरीले उनीहरुको खोजी जारी छ । तर, हालसम्म फेला परेका छैनन् । कोरोना संक्रमण भई उपचार गराईरहेका संक्रमितहरु अस्पतालबाट भागेपछि उनीहरुबाट अन्य व्यक्तिमा कोरोना संक्रमण फैलनसक्ने जोखिम बढेको छ ।

पर्सामा हालसम्म ८२ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । जसमध्ये तीन जना निको भएर अस्पतालबाट डिस्चार्ज भईसकेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!