संगालोखबर सम्वाददाता


काठमाडौं । शनिवार दिउँसो थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महोत्तरीका ५२ बर्षीय र काभ्रेका २६ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ । जसमध्ये ३६ जना निको भएर अस्पतालबाट घर फर्किएका छन् । हालसम्म नेपालका २६ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । जसमध्ये प्रदेश नंं.२ का सबै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!