- संगालोखबर सम्वाददाता

काठमाडौं । बिहिबार साँझ थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणका क्रममा बाँकेका २ र कपिलबस्तुका १ जनामा संक्रमण देखिएको हो ।

Advertisement

बाँकेको नरैनापुर–३ का ३२ बर्षीय पुरुष र खजुरा–३ का ४२ बर्षीया महिलामा संक्रमण देखिएको हो । त्यस्तै कपिलबस्तुको सुद्दोधन गाउँपालिकाका १९ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५७ पुगेको छ । जसमध्ये ४९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भईसकेका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भएको पुष्टि भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!