काठमाडौं । जेठ २० गतेसम्म लकडाउन लम्ब्याईने भएको छ । आज साँझ सम्पन्न मन्त्रीपरिषद् बैठकले लकडाउनको अवधि थप गर्ने निर्णय गरेको हो ।
नेपालमा दुई जनामा कोरोना संक्रमण देखिएपछि चैत ११ गतेदेखि लकडाउन सुरु गरिएको हो । त्यसयता पटक–पटक लकडाउनको म्याद थप गरिदै आएको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ भने २९५ जना संक्रमित भएका छन् ।