संगालोखबर सम्वाददाता

बिराटनगर । गुल्मीको मदाने गाउँपालिका–६ का ४१ बर्षीय कोरोना संक्रमित पुरुषको बिहिबार बिहान मृत्यु भएको छ । रुपन्देही स्थित क्रिमसन अस्पतालमा उपचाररत उनको बिहान निधन भएको प्रदेश नं.५ को स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।

Advertisement

निर्देशनालयका प्रवक्ता एवं बरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले संक्रमित व्यक्ति बिहान मृत्यु भएको पुष्टि गरेका हुन् । ‘हिजोसम्म उहाँका बारेमा आएका हल्ला गलत थिए । आज बिहान उहाँको मृत्यु भएको छ ।’ संगालोखबरसँगको फोन सम्पर्कमा उनले भने–‘क्रिमसन अस्पतालले मृत्युको पुष्टि गरेर स्वास्थ्य निर्देशनालयमा जानकारी पनि पठाईसकेको छ ।’

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ । बिहिबार बिहानसम्म संक्रमितको संख्या ४४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!