बडा दशैं सुरु : नवरात्रको पहिलो दिन आज घटस्थापना

बडा दशैं सुरु : नवरात्रको पहिलो दिन आज घटस्थापना

काठमाडौं । यस वर्षको वडा दशैं आजबाट शुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिएको छ । बिहान १० बजेर ३५ मिनेटको शुभ साइतमा घरघरमा घटस्थापनासहित जमरा राखिँदै छ । काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा पनि यही शुभसाइतमा घटस्थापना गरिँदैछ । घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरेसँगै दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गा...
चितवनमा ज्ञानेन्द्र शाहीलाई आक्रमण

चितवनमा ज्ञानेन्द्र शाहीलाई आक्रमण

चितवन । ‘नेपालका लागि नेपाली’ अभियान चलाउँदै आएका ज्ञानेन्द्र शाहीमाथि चितवनमा आक्रमण भएको छ । अज्ञात समुहको आक्रमणबाट उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चितवनको चौबिसकोठी होटलबाट निस्कदै गर्दा उनी सवार बा.३ ख.४५ नम्बरको माइक्रोबसमा आक्रमण हुँदा शाही घाइते भएका हुन् । घाईते शाहीलाई उपचारका लागि अस्पताल लगिएको छ । उक्त ठाउँमा सभा गर्न प्रह...
मेडिकल कलेजहरुद्वारा भर्ना नलिने घोषणा

मेडिकल कलेजहरुद्वारा भर्ना नलिने घोषणा

काठमाण्डौं । सरकारले मेडिकल कलेजहरुलाई अन्याय गरेको भन्दै मेडिकल कलेज सञ्चालकहरु आन्दोलित भएका छन् । उनीहरुले आज प्रधानमन्त्रीलाई नौ वुँदे माग पत्र बुझाउँदै माग पुरा नभएसम्म एमवीवीएस र वीडीएसमा भर्ना नलिने अडान राखेका छन् । एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले माग पत्र बुझाउँदै माग पुरा गर्न सरकारलाई दवाव दिएको हो । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री, स्वास्थ्य तथा जनसंख्या मन...
कक्षा ११ को परीक्षाफल प्रकाशित

कक्षा ११ को परीक्षाफल प्रकाशित

काठमाडौं । कक्षा ११ को परीक्षाफल  प्रकाशित भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि नतिजा प्रकाशित गरेको हो । कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो । यसअघि कक्षा १२ को परीक्षा पनि अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो । परीक्षाफल www.neb.gov.np, www.neb.gov.np, www.neb...
बिओकेका पूर्व सीईओसहित ११ जना पक्राउ

बिओकेका पूर्व सीईओसहित ११ जना पक्राउ

काठमाडौं । बैंक अफ काठमाण्डूका तत्कालीन पूर्व सीईओ अजय श्रेष्ठसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न मितिमा पक्राउ पर्नेमा श्रेष्ठका अलावा बैंकका कर्मचारीहरू शुष्मा शाह, विक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारी र ऋणी सुरेन्द्र श्रेष्ठलगायत रहेको प्रहरीले जनाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली धितोमा ऋण लिएको अभियोगमा उनीहरुलाई पक्राउ गरेको हो...
रुपन्देहीमा लुटेरा समूहद्वारा गोली हानी एक जनाको हत्या, ५ लाख लुटपाट

रुपन्देहीमा लुटेरा समूहद्वारा गोली हानी एक जनाको हत्या, ५ लाख लुटपाट

बुटवल । रुपन्देहीमा लुटेरा समूहले गोली हानी एक व्यक्तिको हत्या गरेको छ । प्रहरीका अनुसार गोली लागेर ओमसतिया गाउँपालिका–५ का महेन्द्र कुर्मीको मृत्यु भएको हो । बैंकबाट रकम लिएर फर्किँदै गरेका कुर्मीलाई रोहणी गाउँपालिका–३ मा लुटेरा समुहले गोली प्रहार गरी हत्या गरेको हो । लुटेराले उनको साथबाट ५ लाख नगदसमेत लुटेर लगेका छन् । बैंकबाट पैसा निकालेर घर फर्कदै गर्दा पछ्याउँदै आएको समुहले गोली प्रहार गर...
नेपाल-भारत पेट्रोलियम पाइपलाइन उद्घाटन (भिडियोसहित)

नेपाल-भारत पेट्रोलियम पाइपलाइन उद्घाटन (भिडियोसहित)

काठमाडौं । नेपाल–भारत पेट्रोलियम पाइपलाइन आज उद्घाटन गरिएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट एकैसाथ स्विच थिचेर मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको संयुक्त उद्घाटन गरेका हुन् । उद्घाटनका लागि दुवै देशका प्रधानमन्त्रीले भिडियो कन्फ्रेन्स गरेका छन् । पेट्रोलियम पाइपलाइनको उद्घाटनपछि बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पाइप लाइन सञ्च...
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । पेट्रोल डिजेल र मट्टितेलको साविक मूल्यमा २–२ रुपैयाँ घटाइएको निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए । समायोजन भएको नयाँ मूल्य आज दिउँसो १२ बजेबाट लागू हुने छ । नेपाल र भारतका प्रधानमन्त्रीले दुई देशबीचको पेट्रोलियम पाइपलाइन केही बेरमा उदघाटन गर्ने कार्यक्रम छ । पेट्रोलियम पाइपलाइन उदघाटनको पूर्वसन्ध्यामा नि...
दुधको मुल्य बढ्यो

दुधको मुल्य बढ्यो

काठमाडौं । दुधको मुल्य बढेको छ । सरकारले प्रति लिटर ६ रुपैयाँका दरले दूधको मूल्य बढाएको हो । उपभोक्ताले खरिद गर्दै आएको दूधमा मुल्य बढाउँने निर्णय भएको दुग्ध बिकास संस्थानले जनाएको छ । यो मुल्य आगामी शनिबारबाट लागू हुने संस्थानका सूचना अधिकारी सुभाष भट्टराईले जानकारी दिए । उपभोक्ताले अब प्रतिलिटर दूधको ७६ रुपैयाँ तिर्नुपर्नेछ। यसअघि ७० रुपैयाँमा बिक्री हुँदै आएको थियो।
सञ्चारकर्मी रबि लामिछाने राजनीतिमा आउँने संकेत

सञ्चारकर्मी रबि लामिछाने राजनीतिमा आउँने संकेत

चितवन । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले राजनीतिमा आउने संकेत गरेका छन् । आफ्नो प्राथमिकता पत्रकारीता नै भएको बताउँदै उनले राजनीतिको विकल्प पनि खुला रहेको बताए । मंगलबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा राजनीतिमा आउने सम्भावनाबारे सोधिएका प्रश्नको उत्तर दिँदै उनले भने, ‘सम्भावनाको ढोकामा चुकुलमात्र लागेको छ, ताल्चा लागेको छैन ।’ यद्यपि उनले सञ्चारकर्मबाटै राजनीतिक दल र त...
रबि लामिछानेको बयान सकियो, यस्तो छ बयान

रबि लामिछानेको बयान सकियो, यस्तो छ बयान

चितवन । पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या प्रदुरुत्साहन मुद्धा खेपिरहेका न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेको बयान सकिएको छ । बयानका क्रममा उनले पुडासैनीलाई आत्महत्या गर्ने सम्मको दुखः आफुले नदिएको र दिनुपर्ने कारण पनि नरहेको दावी गरेका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले चितवन अदालतमा पेस गरेको लामिछानेको बयानमा सो कुरा उल्लेख छ । यस्तो छ बयान... ‘निजले मर्नुअघि बनाए...
सञ्चारकर्मी रवि लामिछानेको रिहाई माग गर्दै बृहत प्रदर्शन (भिडियोसहित)

सञ्चारकर्मी रवि लामिछानेको रिहाई माग गर्दै बृहत प्रदर्शन (भिडियोसहित)

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेका समर्थकले उनको रिहाई माग गर्दै आज राजधानीको माइतीघरमा बृहत प्रदर्शन गरेका छन् ।भ्रष्टाचार, बेथिति, अन्याय र लुटतन्त्रविरुद्ध नेपालका लागि नेपाली नामक समूहको अगुवाईमा सञ्चारकर्मी लामिछाने समर्थकले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा लामिछानेको संलग्नता नभएपनि फसाउन खोजिएको दाबी गरे । साउन २० गते चितवनको ए...
पत्रकार रवि लामिछाने र युवराज कँडेल पक्राउ

पत्रकार रवि लामिछाने र युवराज कँडेल पक्राउ

काठमाडौं । पत्रकार रवि लामिछाने र युवराज कँडेल पक्राउ परेका छन् । न्यूज २४ का पत्रकारद्वयलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले पत्रकारद्वय लामिछाने र कँडेललाई पक्राउ गरेको हो । उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धान गर्न नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । केही दिनअघि चितवनमा आत्महत्या गरे...
शालिकरामको सुसाईड भिडियो सार्वजनिक: ‘रबि लामिछानेसहित तीन जनाले मर्न बाध्य पारे’ (भिडियोसहित)

शालिकरामको सुसाईड भिडियो सार्वजनिक: ‘रबि लामिछानेसहित तीन जनाले मर्न बाध्य पारे’ (भिडियोसहित)

धनकुटा । पत्रकार शालिकराम पुडासैनीले आत्माहत्या गर्नुअघि बोलेको भिडियो सार्जजनिक भएको छ । भिडियोमा उनले चर्चित पत्रकार रबि लामिछानेसहित तीन जनाले आफुलाई मर्न बाध्य पारेको बताएका छन् । हेर्नुहोस् भिडियो...
सुबिसुको कार्यालयमा भीषण आगलागी (फोटो फिचरसहित)

सुबिसुको कार्यालयमा भीषण आगलागी (फोटो फिचरसहित)

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित सुविसु केवुल नेटवर्कको कार्यालयमा भीषण आगलागी भएको छ । बुधबार दिउँसो करिब १ बजेतिर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रदायक सुविसुको मुख्य सर्भर रहेको भवनमा आगलागी भएको हो । जेनेरेटरका लागि आवश्यक इन्धन भण्डारण गरेर राखेको ठाउँबाट आगलागी सुरु भएको प्रहरीको अनुमान छ...
कपिलवस्तुमा समाजवादी पार्टीका अध्यक्षमाथि गोली प्रहार

कपिलवस्तुमा समाजवादी पार्टीका अध्यक्षमाथि गोली प्रहार

कपिलबस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका समाजवादी पार्टी अध्यक्ष रामनयन यादवमाथि गोली प्रहार भएको छ । समाजवादी पार्टीका शुद्धोधन गाउँपालिका अध्यक्ष यादवमाथि आज दिउँसो अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएका यादवको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार शुद्धोधन गाउँपालिका–५ हथिहवा निवासी यादवको कुममा गोली लागेको छ । मोटरसाइकलमा आए...
योगेश बने पर्यटन मन्त्री, राष्ट्रपतिबाट सपथ ग्रहण

योगेश बने पर्यटन मन्त्री, राष्ट्रपतिबाट सपथ ग्रहण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त भएका छन् । मन्त्री नियुक्त भएका भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका स्थायी कमिटी सदस्य भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेका थिए । भट्टराईले अपराहृन राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन् । तत्काली...
कक्षा १२ को परीक्षाफल सार्वजनिक

कक्षा १२ को परीक्षाफल सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले नियमित, ग्रेड बृद्धि र आंशिक तर्फको सबै विषय र संकायतर्फको परीक्षाफल प्रकाशित गरेको हो । बोर्डका अनुसार परीक्षामा नियमिततर्फ २९२१५३, ग्रेडबृद्धि तर्फ ७८७४४ र आंशिक तर्फ ५७१७० परीक्षार्थी सहभागी थिए ।
साढे पाँच सय म्यानपावर खारेज गर्ने तयारी

साढे पाँच सय म्यानपावर खारेज गर्ने तयारी

काठमाडौं । सरकारले लगातार दुई वर्षसम्म एक सयभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनी खारेज गर्ने तयारी गरेको छ। आर्थिक वर्ष २०७५/० ७६ मा पाँच सय ६२ म्यानपावरले एक सयभन्दा कम कामदार पठाएका छन्। सरकारी नीतिअनुसार यी म्यानपावर खारेजीमा पर्नेसम्भावना देखिएको छ। सरकारले पछिल्लो चरणमा सयभन्दा कम कामदार पठाउने म्यानपावर खारेजी गर्ने नीति अबलम्बन गरेको छ। धरौटी बढाएर म्यानपावरको संख्या घटाउने तयारी छ। भ...
नक्कली लाइसेन्स बनाउने प्रहरीको फन्दामा

नक्कली लाइसेन्स बनाउने प्रहरीको फन्दामा

बारा । जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी टोलीले नक्कली लाइसेन्स बनाउने एक युवालाई पक्राउ गरेको छ । प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ बस्ने दिपक अर्याललाई पक्राउ गरेको हो । अर्यालले १२ जनाभन्दा बढिलाई ५० हजार रकम लिएर नक्कली लाइसेन्स बनाउने गरेको खुलेपछि प्रहरीले उनलाई जितपुर बजारबाट पक्राउ गरेको हो । उनीसँगै प्रहरीले ५ थान नक्कली सवारी चालक अनुमतिपत्र र चालक अनुमतिपत्र लिन बु...
अझै भारी वर्षाको सम्भावना रहेकाले सचेत रहन मौसमविद्को आग्रह

अझै भारी वर्षाको सम्भावना रहेकाले सचेत रहन मौसमविद्को आग्रह

काठमाडौँ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेको अझै केही दिन देशभरि नै मनसुनी गतिविधि सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबारबाट न्यून चापीय क्षेत्र बङ्गालको खाडीमा बन्ने भएकाले न्यूनचापीय रेखा भारततिर रहने सम्भावना भएकाले आज र भोलिको तुलनामा बुधबारदेखि मनसुन कम सक्रिय हुने मौसमविद् गंगा नगरकोटीले बताइन् । 'आज र भोलिलाई सतर्कता अपनाउनुपर्ने देखिन्छ,'...
बाढी, पहिरो र डुवान अपडेट : मृत्यु हुनेको संख्या ६७ पुग्यो

बाढी, पहिरो र डुवान अपडेट : मृत्यु हुनेको संख्या ६७ पुग्यो

काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ । मृत्यु हुनेमध्ये २६ महिला र ४१ पुरुष छन् । बाढी, पहिरो र डुबानमा परी काठमाडौंमा ३ जना, मकवानपुरमा ६ जना, ललितपुर, रौतहट र भोजपुरमा ५/५ जना, ओखलढुंगा, सिराहा र सिन्धुलीमा ४/४ जना, खोटाङ, धनुषा र काभ्रेमा ३/३ जना, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा २/२ जना तथा ई...
बाढी, पहिरो र डुबान पीडितलाई सरकारले राहतको व्यवस्था मिलाउँने

बाढी, पहिरो र डुबान पीडितलाई सरकारले राहतको व्यवस्था मिलाउँने

काठमाडौं । सरकारले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्दार र उपचारको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ । आइतबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको राहत, उद्दार र उपचारका लागि आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको हो । बैठकले त्यसका लागि सबै निकायसँग समन्वय गरेर काम गर्न गृह मन्त्रालयलाई पनि निर्देशन दिएको सरकारका प्रवक्ता एवम्...
अबिरल बर्षाको बितण्डा : देशभर बाढी, पहिरो र ढुवानले ३६ जनाको मृत्यु, २४ जना बेपत्ता

अबिरल बर्षाको बितण्डा : देशभर बाढी, पहिरो र ढुवानले ३६ जनाको मृत्यु, २४ जना बेपत्ता

काठमाडौँ । अबिरल बर्षाका कारण बाढी, पहिरो र डुवानले देशभर ठुलो धनजनको क्षति पुगेको छ । शनिबारसाँझसम्म ३६ जनाको मृत्यु हुँनुका साथै २४ जना बेपत्ता र १२ जना घाईते भएको प्रहरीले जनाएको छ । प्रहरीको तथ्यांकअनुसार शनिबार साँझसम्म बाढीपहिरोमा परी ललितपुरमा ६, भोजपुरमा ४, काठमाडौं, मकवानपुर, खोटाङ र काभ्रेमा ३/३, धादिङ र सिन्धुलीमा २/२, पाल्पा, ओखलढुंगा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा, चितवन...
देशभर बाढीपहिरोले ६ जनाको मृत्यु, ५ बेपत्ता

देशभर बाढीपहिरोले ६ जनाको मृत्यु, ५ बेपत्ता

काठमाडौँ । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण ६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयका अनुसार देशैभरीबाट शुक्रबार मध्यान्हसम्म संकलन गरेको तथ्यांक अनुसार ४ जिल्लामा ६ जनाको मृत्यु भएको हो । झरीपछि आएको पहिरोमा परी रामेछापमा एक जनाको मृत्यु भएको छ । यस्तै झरीकै कारण काभ्रेमा २, ललितपुरमा एक र सिन्धुलीमा एक जनाको मृत्यु भएको छ। त्यस्तै खोटाङमा भने ३ जना बेपत्ता भएका छन्। त्यस्तै बाढ...
राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव भए सिलवाल

राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव भए सिलवाल

काठमाडौं । रमेश सिलवाल राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव नियुक्त भएका छन् । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सोमबार सिलवाललाई सदस्य सचिव नियुक्त गरेका हुन् । केशवकुमार विष्टको कार्यकाल यही असार ९ गते सकिएपछि यो पद रिक्त रहेको थियो । यो पदका लागि निवर्तमान सदस्यसचिव विष्टसँगै दानबहादुर तामाङ, नेपाल तेक्वान्दो युनियनका अध्यक्ष शिव कोइरालालगायत पनि दावेदार थिए । तत्कालीन...
भारतीय तरकारीमा बिषादी परीक्षण नगर्ने निर्णय बिरुद्ध बिद्यार्थीको प्रदर्शन

भारतीय तरकारीमा बिषादी परीक्षण नगर्ने निर्णय बिरुद्ध बिद्यार्थीको प्रदर्शन

काठमाडौं । नेपालमा आउँने भारतीय तरकारीमा बिषादी परीक्षण नगर्ने सरकारी निर्णयबिरुद्ध बिद्यार्थीहरुले प्रदर्शन गरेका छन् । कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले सरकारी कदमको विरोधमा तरकारीसहित प्रदर्शन गरेको हो । आईतबार बिहान वाल्मिकी क्याम्पसबाट शुरु भएको विरोध र्‍याली पुतलीसडक पुगेर कोणसभामा परिणत भएको थियो। विद्यार्थीहरुले तरकारीको माला लगाएर सरकारको सांकेतिक विरोध गरे । विद्यार्थीहरुले घाँ...
चार वर्षमा आफन्तबाटै ६८४ जनाको हत्या

चार वर्षमा आफन्तबाटै ६८४ जनाको हत्या

काठमाडौं। आर्थिक वर्ष २०७२/७३ देखि पछिल्ला चार वर्षमा आफन्तबाटै ६८४ जनाको हत्या भएको छ । आफन्तजनबाटै हत्या हुने क्रम बढेपछि यस्ता घटनाले पारिवारिक सम्बन्धमाथि नै गम्भीर प्रश्न चिह्न सिर्जना गरिदिएको छ । नेपाल प्रहरीले तयार पारेको एक तथ्यांकले आर्थिक वर्ष २०७२/७३ देखि २०७५/७६ सम्मका चार वर्षमा आफन्तबाटै परिवारका सदस्यदेखि आफ्ना निकटका मानिससम्मको गरी ६८४ जनाको हत्या भएको देखाएको हो । जसअनुसार श्र...
आज मेघगर्जनसहित वर्षा हुने सम्भावना

आज मेघगर्जनसहित वर्षा हुने सम्भावना

काठमाडौं । मंगलबार (आज) दिउँसोको समयमा देशभर सामान्य बदली भई पुर्व र मध्यका केही स्थानहरु र पश्चिमका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार रातिको समयमा देशभर सामान्य बदलि भई पुर्व र मध्यका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरूमा मेघगर्जन सहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
छोरीद्वारा आमाको हत्या : आमालाई मार्न १२ लाख दिएको पुष्टि

छोरीद्वारा आमाको हत्या : आमालाई मार्न १२ लाख दिएको पुष्टि

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीमा आइतबार ६१ वर्षीया सावित्री भट्टराईको हत्या मृतककी छोरीको योजनानुसार भएको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाले आज पत्रकार सम्मेलन गरी सो घटना दिउँसो हत्या गरिएकी भट्टराईकी छोरी ईश्वरीकै योजनाअनुसार भएको बताएको हो । प्रहरीले हत्यामा संलग्न सिरहा कल्याणपुर नगरपालिका–४ का मोहम्मद नौसाद, भारतीय अर्जुन कुमार भनिने भोला कुमार, भारतकै मोहम्मद रह...
अख्तियार पूर्वआयुक्तको पैसा नासुको खातामा

अख्तियार पूर्वआयुक्तको पैसा नासुको खातामा

काठमाडौं। घुस प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति नायबसुब्बाका नाममा जम्मा गरेको खुलेको छ । आयुक्त पदको दुरुपयोग गरी आर्जन गरेको सम्पत्ति पाठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत नासु ललितकुमार झाका नाममा राखेको पाइएको हो । अकुत सम्पत्ति आर्जन गरेको अभिय...
error: Content is protected !!