सुनसरी र खोटाङमा पनि भेटिए कोरोना संक्रमित, संक्रमितको संख्या ३७५ पुग्यो
बिराटनगर । सोमबार साँझ थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरी, खोटाङ, झापा, धनुषा, बाँके र दैलेखमा कोरोना संक्रमित भेटिएका हुन । बाँकेमा १२ जना, धनुषामा २ जना र सनुसरी, खोटाङ, झापा र दैलेखका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, कोशी अस्पताल बिराटनगर, भेरी अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगश...





















