संगालोखबर सम्वाददाता

काठमाडौं । सोमबार बिहान थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा रौतहटका ८ जना र बाराका १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

रौतहट ईशनाथ नगरपालिकाका ७ जना, माधवनारायण नगरपालिकाका १ जना र बाराको करैयामाईका १ जनामा संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिए ।

योसँगै नेपालमा कोरोनाका कारण दुई जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३०४ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!