संगालोखबर सम्वाददाता

काठमाडौं । बुधबार दिउँसो थप एक जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कपिलवस्तुका युवामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीका अनुसार कपिलबस्तु नगरपालिका–५ का २२ बर्षीय युवामा संक्रमण देखिएको हो । यसअघि बुधबार नै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा वाँकेको नेपालगञ्ज–८ का ३६ बर्षीय पुरुषमा पनि संक्रमण देखिएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!