संगालोखबर सम्वाददाता

काठमाडौं । शनिवार बिहान थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा सिरहा, सर्लाही, बर्दिया, पर्सा र चितवनका ६ जनामा संक्रमण देखिएको हो ।

Advertisement

पर्साका २ जना र सिरहा, सर्लाही, बर्दिया र चितवनका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!