काठमाडौं । शुक्रबार साँझ थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान र भेरी अस्पतालमा गरिएको परीक्षणका क्रममा काठमाडौं, उदयपुर, पर्सा र दाङका ९ जनामा संक्रमण देखिएको हो ।
पर्साको बिरगञ्जका ४ जना, उदयपुर त्रियुगा नगरपालिकाका १ जना, दाङको गढवा र तुलसीपुरका तीन जना, काठमाण्डौं सतुङ्गलका एक जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ ।